default_image

10 years ago

April 22, 2016

पोखरामा आर्मी र मनाङ फेरी भिड्ने, कसले मार्ला बाजी

186 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – चार महिनाको बीचमा लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी र त्रिभुवन आर्मी पोखरामा नकआउट उपाधिका लागि भिड्दैछन् । धरानलाई बिहीबार १-० ले हराउँदै आर्मीले मनकामना केबलकार पोखरा कप फुटबल प्रतियोगिताको फाइनलमा मनाङगको भेट पक्का गरेको थियो ।

Nawayug

आर्मीका फरवार्ड नवयुग श्रेष्ठ ।

अघिल्लो दिन मनाङले अर्को विभागिय टोली एपिएफमाथि ५-० को जित निकाल्दै अघि बढेको थियो । माघमा पोखरामा आहा रारा गोल्डकपको फाइनलमा मनाङले आर्मीलाई हराएको थियो । धरानलाई हराएपछि आर्मीका प्रशिक्षक मेघराज केसीले माघको हारको पीडा विर्साउने गरि उपाधिका लागि खेल्ने बताएका छन् ।
आर्मीलाई फाइनल पुर्याउने एकमात्र गोल नवयुग श्रेष्ठले गरेका थिए । सन्तोष तामाड्को पासमा झन्डै २५ यार्डबाट नवयुगेको प्रहार गोलमा परिणत भएपछि आर्मी उपाधि नजिक पुगेको हो । आर्मीले माघको हारको बदला लिन्छ वा मनाङले चार महिनामा दोस्रो पटक पोखरामा उपाधि जित्छ त्यसको लागि शनिबार दिउँसो सम्म कुर्नु पर्ने हुन्छ ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.