10 years ago
April 25, 2016
काठमाडौं – नेपाली राष्ट्रिय कराँतेखेलाडी सुनिल लामाले अमेरिकाको न्यूयोर्कमा सम्पन्न हिरोल्ड काई अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा स्वर्णपदक जितेका छन् ।
अमेरिकी गोसिन रियु मार्सल आर्ट एण्ड फिटनेश स्टुडियो डोजोबाट खेल्ने पहिलो नेपाली खेलाडी बनेका सुनिलले खुल्ला तौल समूहमा अमेरिकाकै राष्ट्रिय खेलाडी बर्नाड कोलोनेललाई पराजित गर्दै स्वर्ण जितेको सुनिललाई उद्धत गर्दै राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।
११ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता समेत रहेका सुनिलसँगै अर्का नेपाली जनक सिंह खड्काले पनि प्रतिस्पर्र्धा गरेका थिए । लामाले प्रतियोगिताकै लागि करिव दुई महिना अघिबाट सोही डोजोबाट प्रशिक्षण गरेका थिए । आगामी मे १४ मा क्यानडाको मोन्टेरियलमा आयोजाना हुने मोन्टेरियल खुला कराते च्याम्पियनसिपमा पनि सहभागिता जनाउने सुनिलले जानकारी दिए ।
December 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]