10 years ago
May 2, 2016
आज राती हुने ईंग्लिश लिगको खेलमा चेल्सी र टोटनह्याम खेल्दै छ, ३ खेल बांकी रहेको अवस्थामा आज टोटनह्यामले नजिते लेस्टर सिटीलाई उपाधि मिल्नेछ । लेस्टर भन्दा एक खेल कम खेलेको स्पर्सको ८ अंक कम छ । खेल राती १२:४५मा सुरुहुने छ । खेल चेल्सीको मैदान स्टाम्फर्ड ब्रीजमा खेलिने छ ।
आजको खेलमा चेल्सीका रेगुलर किपर कोर्तुवाले ब्यानका कारण खेल्ने छैनन भने कप्तान टेरी र काहिल पनि खेल्नेमा दुबिधा छ । उता स्पर्सका महत्वोपूर्ण खेलाडी र यो पालिका उत्कृष्ट युवा खेलाडी आलिले पनि खेल्न पाउने छैनन ।
चेल्सीले आफ्नो मैदानमा स्पर्ससँग भएको पछील्लो १९खेल मा हरेको छैन र स्पर्स पनि आफ्नो पछील्लो १६ अवे खेलमा १ खेल मात्र हरेको छ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]