10 years ago
August 31, 2015
आज हुने भारतविरुद्धको खेलमा बिराज महर्जनले नेपालको लागि पचासौं खेल खेल्दै छन्|
सन् २००८मा पाकिस्तान विरुद्धको मैत्रीपुर्ण खेलमा डेब्यु गरेका बिराजले त्यसपछि फर्केर हेर्नुपरेको छैन| ग्राहम रोबर्ट्सको पालामा विगंब्याकको भुमिका निर्वाह गर्दा वाहवाहि पाएका विराजले ज्याकको आगमनसंगै उहि पुरानो राइट ब्याक पोजिसनमा खेलेका थिए|
एन्फा एकेडेमीका तेश्रो ब्याचका खेलाडी बिराज एन्. आर. टीमा खेल्दा विन्टर च्याम्पिएनको रुपमा ए.एफ्.सी प्रेषिडेन्ट कप खेलेका थिए भने थ्रि स्टारबाट लिगको उपाधि जितेका थिए| अहिले बिराज मनाङ मर्स्याङ्दिबाट व्यवसायिक फुटबल खेल्दै छन्|
एकातिर बिराज ५०औं क्याप जित्दैछन् भने सन्दिप राई घाइते भएका कारण ५०औं क्यापका लागि कुर्न मजबुर देखिएका छन्| थ्री स्टार र राष्ट्रिय टोलीका उप-कप्तान सन्दिप सेन्टर हाल्फ र सेन्टर मिड दुवै उत्तिकै राम्रो खेल्छन्|
फ्रिकिक र लामो पासका स्पेशलिष्ट सन्दिपलाई भविष्यका कप्तानका रुपमा हेरिएको छ|
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]