10 years ago
August 31, 2015
क्यान र एन्फा विरुद्धको मैत्रीपुर्ण खेलमा एन्फा बिजयी भएको थियो |
शुक्रबार दिनको तिन बजे एन्फा कम्पलेक्स सातदोबाटोमा माहोल निकै रोमाञ्चक थियो| एकतर्फ संविधानसभाका सभासद एवं एन्फा अध्यक्ष गणेश थापा र अर्कोतर्फ थिए क्रिकेट टिमका कप्तान पारस खड्का फुटबल बुट र जर्सी लगाएर खेल्न तम्तयार थिए| पूर्व राष्ट्रिय फुटबल खेलाडि र क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) बिचको मैत्रिपुर्ण खेलको क्रममा विभिन्न फुटबल र क्रिकेट हस्तिका साथसाथै सञ्चारकर्मीको पनि बाक्लै उपस्थिति थियो|
गणेश थापाको कप्तानीमा उत्रेको एन्फा टोलीमा धिरेन्द्र प्रधान, उपेन्द्रमान सिंह, राजुकाजी शाक्य, दिनेश व्यञ्जनकार, निराजन रायमाझी, राजेश मानन्धर लगाएतका खेलाडी थिए भने क्यान टोलीका नेतृत्व अध्यक्ष दिपक कोइरालाले गरेका थिए| पारस खड्का, ज्ञानेन्द्र मल्ल, भुवन कार्की, मन्जित श्रेष्ठ लगाएतका खेलाडीहरु जर्सी लगाएर तयार देखिन्थे|
क्यानका लागि छुम्बी लामाले पहिलो गोल गरेर अग्रता दिलाएपनि त्यो गोल हार टार्न भने पर्याप्त रहेन| गौरव थापा र सुरेन्द्र श्रेष्ठको दुई-दुई गोलको सहायताले एन्फा टोली ७-१ ले बिजयी भयो| एन्फाका लागि मन्जेश शाक्य, चेत नारायण श्रेष्ठ र नविन्द्र महर्जनले एक-एक गोल गरेका थिए| दुवै टोलीमा आ-आफ्नो संघका कर्मचारी एवं पधादिकारीको पनि सहभागिता थियो|
खेलको अन्त्यपश्चात एन्फा अध्यक्ष गणेश थापाले वर्तमान राष्ट्रिय क्रिकेट टोलीका सम्पुर्ण सदस्यहरुलाई एक सेट ट्रयाकसुट उपहार प्रदान गरेका थिए| क्यानका तर्फबाट सो उपहार भूतपुर्व राष्ट्रिय टिमका कप्तान एवं बलिगं कोच विनोद दासले ग्रहण गरेका थिए|
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]