10 years ago
May 14, 2016
लुइस सुआरेजको ह्याट्रिकको मद्दतले ग्रनाडालाई ३-०ले हराउँदै बार्सिलोनाले २४औं पटक स्पेनिश ला लिगाको उपाधि कब्जा गरेको छ|
अन्तिम खेलमा रियल म्याड्रिडभन्दा एक अंक मात्र अगाडी रहेको बार्सिलोनाले जित दर्ता गर्दै उपाधिमाथि कब्जा जमाएको हो| उता रियल म्याड्रिडले भने डेपोर्तिभोलाई २-०ले हरायो| म्याड्रिडका लागि दुवै गोल क्रिस्टियानो रोनाल्डोले पहिलो हाफमा गरेका थिए|
आज गरेको तिन गोल संगै सुआरेजले लिगमा आफ्नो गोल संख्या पनि ४० पुर्याए| उनको यो संख्या लिगमा सर्वाधिक हो र उनले यससंगै पिचिची ट्रफी पनि हात परेका छन्|
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]