10 years ago
May 14, 2016
बार्सिलोनाले आफ्नो अन्तिम खेल ३-०ले जितेपछि रियल म्याड्रिड आफ्नो खेल जितेपनि उपाधिबाट बन्चित भएको छ|
क्रिस्टियानो रोनाल्डोले पहिलो हाफमा गरेको दुइ गोलको मद्दतले डेपोर्तिभोलाई २-०ले हराएको म्याड्रिडले ९० अंक बनायो भने बार्सिलोनाले पनि आफ्नो अन्तिम खेल जित्दै ९१अंकमा लिग समाप्त गर्यो| बार्सिलोनाका लागि लुइस सुअरेजले ह्याट्रिक गरे र सिजनमा ४० गोल गरेसंगै पिचिची ट्रफी पनि हात पारे|
बार्सिलोनाको यो २४औं उपाधि हो भने लगातार दोश्रो ला लिगा जित हो| म्याड्रिडको यो सिजन अब च्याम्पियन्स लिगमा फाइनल खेल बाँकी रहेको छ| रियलले फाइनलमा आफ्नै सहरको प्रतिद्वन्दी अट्लेटिको म्याड्रिडको सामना गर्नेछ|
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]