10 years ago
May 23, 2016
बार्सिलोना पहिलो हाफमा नै १० खेलाडीमा भएको थियो । केविन गेमिरोलाई जर्सी तानेर लडाएपछि बार्सिलोनाका जाभियर मासेरानोले ३६ औं मिनेटमा रातो कार्डको सामना गर्नुपरेको थियो । पाए थिए । सेभियाले पनि निर्धारित खेलको अन्त्य १० खेलाडीमा सिमित भएर गरेको थियो ।
नेयमारलाई लडाउँदा सेभियाका बानेगाले रातो कार्डको दर्शन गर्नु परेको थियो । थप समयको छैटौं मिनेटमा अल्बाले पहिलो गोल गरे । उनको गोलमा लियोनल मेसीको पास थियो ।
खेलको अन्त्यमा सेभिया १० खेलाडीमा सिमित भयो । कारिको मार्टिनले थप सयमको ९ मिनेट बाँकी रहँदा रातो कार्ड पाएका थिए । ९ खेलाडीमा सिमित भएपछिको फाइदा उठाउँदै नेयमारले गोल थपे ।
स्पेनिस किंग्स कपको नामले समेत चिनिने कोपा डेल रे बार्सिलोले जितेको यो २८ औं पटक हो । टोलीले अघिल्लो शनिबार ला लिगा जितेको थियो ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]