10 years ago
May 28, 2016
मिलान (एजेन्सी) – स्पेनको रियल मड्रिडले ११ औं पटक युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । सहरी प्रतिद्वन्द्वि एट्लेटिको मड्रिडलाई टाइब्रेकरमा ५–३ हराउँदै रियालले उपाधि जितेको थियो । रियलका लागि लुकास भाजक्वेज, मार्सेलो, गेराथ बेल,सर्जियो रामोस र क्रिस्टियानो रोनाल्डो गोल गरेका थिए । एट्लेटिकोका एन्टोनी ग्रेजमन, गावि र साउन निगुजले गोल गरे भने युवानफ्रानको प्रहार पोलमा लागेर फर्कियो ।
निर्धारित ९० मिनेट १–१ पछि थप ३० मिनेटमा कुनै निर्णय नभएपछि खेल पेनाल्टी सुटआउटमा भएको थियो । कप्तान सर्जियो रामोसले नजिकबाट गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । १५ औं मिनेटमा टोली क्रुसको फ्रिकिकलाई गेराथ बेलले फ्लिक हेड गरेपछि नजिकबाट रामोसले गोल गरेका हुन् ।
रामोस तीनै खेलाडी हुन्, जसले दुई बर्षअघि सोही टोलीविरुद्ध इन्जुरी समयमा गोल गर्दै खेललाई थप समयतर्फ धकलेका थिए । जहाँ रियल ४–१ ले विजयी हुँदै १० औं पटक च्याम्पियन्स लिग उपाधि जित्न सफल भएको थियो । तर, आइबार बिहान खेल सकिन १२ मिनेट बाँकी रहँदा याननिक कारस्कोले बराबरी गोल फर्काएपछि च्याम्पियन्स लिग फाइनल थप समय तिर गएको छ । त्यसअघि दोस्रोे हाफ सुरु भएको पहिलो मिनेटमा एट्लेटिकोले बराबरीको मौका पाएको थियो । तर, एन्टेनो ग्रिजमन पेनाल्टीमा गोल गर्न चुके । उनको प्रहार क्रसबारमा लागेर फर्केको यिथो । पेनाल्टी बक्समा पेपले फर्नान्डो टोरेसलाई फाउल हानेपछि एट्लेटिकोले पेनाल्टी पाएको थियो ।
रियलका स्टार क्रिस्टियानो रोनाल्डोले अपेक्षा अनुसारको प्रदर्शन गर्न नसेपनि पेनाल्टीमा अन्तिम गोल गर्दै टोलीलाई जित दिलाउन सफल भए । म्यानचेस्टर युनाइटेडबाट एकपटक च्याम्पियन्स लिग जितेका रोनाल्डोले रियलमा दुईपटक जितेका छन् । जारी सिजनको फाइनलअघि उनले च्याम्पियन्स लिगमा रोनाल्डोले १६ गोल गरेका थिए । रियलको प्रशिक्षकका रुपमा जिनेदिन जिदानको त्यो पहिलो उपाधि हो । खेलाडीका रुपमा उनले २००२ को फाइनलमा निर्णायक गोल गर्दै रियललाई च्याम्पियन्स लिग जिताएका थिए ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]