default_image

6 years ago

October 10, 2019

‘खेल्न भन्दा हेर्न गाह्रो’- फरवार्ड भरत

264 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– फरवार्ड भरत खवास केहि अघि सम्म पनि नेपाली राष्ट्रिय फुटबल टोलीका नियमित सदस्य हुन् । नेपाली सेनाका लेफिटनेन्ट समेत रहेका भरत गत महिना थाइल्यान्डमा सैन्य तालिम सकेर फर्केका थिए ।

bharat khawas

उनी थाइल्यान्डमा रहँदा नेपाली टोली भने विश्व कप छनोटको तयारीमा जुटेको थियो । उनी थाइल्यान्डमा रहँदा नेपाली टोलीले कुवेतसँग भदौ १९ गते ७–० को हार बेहोरेको थियो । भरत २० गते स्वदेश फर्केका थिए । नेपालले भदौ २४ गते भने चाइनिज ताइपेलाई २–० ले हराउँदा उनी स्वदेशमा थिए ।

लामो समयको विश्रामका कारण उनलाई प्रशिक्षक योहान कालिनले अष्ट्रेलियासँगको खेलका लागि बोलाएनन् । नेपालका लागि ५० भन्दा बढी खेल खेलिसकेका भरतले टोलीको कप्तान समेत गरिसकेका छन् ।

 

नेपाल र अष्ट्रेलियाबीच बिहीबार विश्व कप छनोटको खेल हुँदा भरत पनि समर्थकका रुपमा टेलिभिजन अघि बसे । एक दशक भन्दा लामो समयदेखि नेपाली टोलीको हिस्सा रहँदै आएका भरतले अष्ट्रेलियासँगको खेलमा आफ्नो अनुभव हाम्रो खेलकुद डटकमसँग साटेका छन् । उनकै शब्दमा

खेल्न भन्दा हेर्न निकै गाह्रो हुने रहेछ । मैदान भित्र हुँदा हामी खेलमा मात्र केन्द्रित हुन्छौं । समग्रमा कस्तो प्रदर्शन रह्यो भन्ने थाहा हुँदैन । आफ्नो तर्फबाट शतप्रतिशत दिने कोसिस गछौं । मेहनत गरिन्छ । हेर्दा निकै दबाब हुने रहेछ । आफु मैदानमा भएको भए यो गर्थे भन्ने लाग्ने रहेछ । डेड बलहरुमा गोल खालाकी भन्ने डर हुने रहेछ । बाहिरबाट हेर्दा सबैको खेल समग्रमा टोलीको खेल र विपक्षीको खेल देखिने भएकाले हेर्न निकै कठिन महसुस गरे । कर्नर फ्रिकिक हुँदा गोल खाइन्छकी लाग्ने । मन डराउने । चसक्क हुने रहेछ ।

हार जित खेलको अंश हो । हामी त सबै नतिजाका लागि तयार भएर नै मैदान जाने हो । सके सम्म राम्रो नतिजाका लागि कोशिस गर्ने हो । मलाई लाग्छ हामीले अष्ट्रेलियाविरुद्ध अझै राम्रो खेल्न सक्थ्यौं । यद्दपी अष्ट्रेलिया हामी भन्दा निकै माथिको टोली हो । खेलाडीले शतप्रतिशत दिएका हुन् । यो खेललाई हामीले सिक्ने मौकाका रुपमा लिनुपर्दछ । यस्तो मौका बारम्बार आउँदैन ।

यो खेलले आउने खेलका लागि हामीलाई सुधार गर्ने एउटा अवसरका रुपमा लिएका छौं । धेरैको अनुमान थियो हामीले अष्ट्रेलियासँग बढी गोल खान्छौं । तर त्यस्तो हुन पाएन । केहि गोल हामीले आफ्नो गल्तिमा खाएका छौं । त्यसमा हामीले ध्यान दिन आवश्यक देखेको छु । खेल हेर्दा एकदम उत्साहित भइने रहेछ । मैले पुरा खेल हेरे । समर्थकले कति दबाबमा खेल हेर्ने रहेछन् भन्ने महसुस गरे ।

आफु पनि त्यहाँ हुन पाएको भै हुने जस्तो लाग्ने रहेछ । म भएपनि अष्ट्रेलियासँग यो भन्दा फरक नतिजा नआउन सक्थ्यो । तर, आफु भएकोले भए यस्तो गर्थे भन्ने हुने रहेछ । लामो समयको ग्यापले गर्दा म अहिले टोलीमा छैन । प्रशिक्षक कालिनले पनि अहिले लामो विश्राम लियौं , टिममा एडजस्ट हुन गाह्रो हुन्छ भन्नु भएको थियो । म टोलीमा फर्कनका लागि आफ्नो तर्फबाट हर सम्भव प्रयास गर्नेछु । फर्कन आतुर छु,उत्साहित छु । फिट पनि छु । खेलाडीले फिट त हुनै पर्छ ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.