6 years ago
November 10, 2019
एजेन्सी – मौरो इकार्डीले अन्तिम समयमा गोल गरेपछि फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले ब्रेस्टमाथि २–१ को महत्वपुर्ण जित निकालेको छ ।

ब्रेस्टमा शनिबार राति बराबरीतर्फ धकेलिएको खेलमा इकार्डीले खेल सकिन ५ मिनेट बाँकी रहँदा गोल गरेपछि पीएसजी विजयी हुन सफल भएको हो । चोटका कारण स्टार फरवार्ड नेयमार र केलियन एमबाप्पे उपलब्ध थिएनन् ।
जितसँगै शीर्षस्थानमा यथावत रहेको पीएसजीले १३ खेलबाट ३० अंक जोडेको छ । जुन दोस्रो स्थानको रेन्जर्सभन्दा ९ अंक बढी हो । पराजित ब्रेस्ट १७ अंकसहित १०औं स्थानमा छ ।

पीएसजीले घरेलु टोलीविरुद्ध खेलको ३९औं मिनेटमा अग्रता बनाएको थियो । जुलियन ड्राक्सलरको पासमा एन्जल डि मारियाले गोल गरेका थिए । ७२औं मिनेटमा सामुइल ग्रान्डशिरले बराबरी गोल फर्काए ।

८०औं मिनेटमा मैदान छिरेका इकाडीले ८५औं मिनेटमा इरिक मोटिङको क्रसमा गोल गर्दै पीएसजीलाई जित दिलाए । लोनमा यसै सिजन इटालियन क्लब इन्टर मिलानबाट पीएसजी आएका अर्जेन्टिनी स्टार इकार्डीले पछिल्ला १० खेलमा ९ गोल गर्दै आफ्नो प्रभाव देखाएका छन् ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]