default_image

9 years ago

June 17, 2016

समर्थकको मुर्ख व्यवहारले क्रोएसिया जितबाट बञ्चित

127 views

0 Bookmark

पेरिस (एजेन्सी)– युरो २०१६ अन्तर्गत क्रोएसिया र चेक रिपब्लिक बिचको खेल २-२को बराबरीमा सकिएको छ।

1878586-39568713-2560-1440

एक समय २-०को अग्रता लिएर खेलमा दह्रो पकड जमाइरहेको क्रोएसियाले अन्तिम समयमा लय गुमाउन पुगेको थियो। क्रोएसियाका लागि पहिलो गोल इभान पेरिसिचले ३७औं मिनेटमा गरेका थिए भने बार्सिलोनाका इभान राकिटिचले दोश्रो हाफमा गोल गर्दै क्रोएसियालाई २-०को अग्रता दिलाएका थिए। उनले खेलको ५७औं मिनेटमा ब्रोजोभिचको पासको सदुपयोग गर्दै गोल गरेका थिए।

तर स्कोडाले ७६औं मिनेटमा चेक गणतन्त्रका लागि गोल गर्दै खेलमा फर्कने संकेत दिए। खेलको अन्तिमसमयमा क्रोएसियाका समर्थकहरुले मैदानमा आगो र पटाका फालेपछि केहि समय खेल रोकिएको थियो। अन्तिम समयमा भिडाले बल हातले छोएपछि चेकले पेनाल्टि पाएको थियो। नेसिडले ९०औं मिनेटमा सो पेनाल्टिमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए।

समूह डीमा अहिले १२ः४५ मा स्पेन र टर्कीबीच प्रतिस्पर्धा हुँदैछ । लगातार दुई खेल जित्नै क्वार्टरफाइनल पुग्ने सम्भावनाबाट क्रोएसिया केही दिन कुर्नु पर्ने अवस्थामा पुगेको छ । क्रोएसियाका ४ अंक पुगेको छ भने स्पेनको ३, चेक गणतन्त्रको १ र टर्की अंक बिहिन ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.