6 years ago
November 20, 2019
एजेन्सी – इंग्लिस क्लब लिभरपुलका मिडफिल्डर जिओर्जिनियो वाइनाल्डमको ह्याट्रिक सहयोगमा नेदरल्यान्ड्सले युरोकप छनोटको समूह चरणको अन्तिम खेलमा इस्टोनियामाथि ५–० को फराकिलो जित निकालेको छ ।

घरेलु मैदानमा मंगलबार राति भएको खेलमा नेदरल्यान्डका लागि नाथन एके र माइरन बोअदुले समान एक गोल थपे । एकपक्षीय खेलमा घरेलु टोली नेदरल्यान्डले पहिलो हाफमा २ तथा दोस्रो हाफमा ३ गोल गर्न सफल भएको थियो ।
खेलको छैटौ मिनेटमा वाइनाल्डमको गोलबाट नेदरल्यान्डले खेलमा अग्रता बनायो । १९औं मिनेटमा नाथन एकेले गोल गरेपछि नेदरल्यान्डले पहिलो हाफमा २–० को अग्रता लियो । ६३औं मिनेटमा वाइनाल्डमले व्यक्तिगत दोस्रो गोल गरे । ७८औं मिनेटमा वाइनाल्डमले ह्याट्रिक पुरा गर्दै नेदरल्यान्डलाई ४–० को आरामदायी अग्रता दिलाए । ८७औं मिनेटमा माइएरनले गोल गर्दै नेदरल्यान्डलाई ५–० को फराकिलो जित दिलाए ।
जितसँगै नेदरल्यान्डले समूह ‘सी’ मा ८ खेलबाट १९ अंक जोड्दै दोस्रो स्थानमा रहेर छनोटको अन्त्य गर्यो । इस्टोनिया १ अंकसहित पुछारमा रह्यो ।
यही समूहको अर्काे खेलमा शीर्षस्थानमा रहेको जर्मनीले नर्दन आयरल्यान्डमाथि ६–१ को जित निकाल्दै छनोटको सुखद् अन्त्य गरेको छ । जर्मनीको फराकिलो जितमा सर्जी जिनाब्रीले ह्याट्रिक पूरा गरे । लियोन गोरेट्जकाले दुई तथा जुलियन ब्रान्डले एक गोल थपे ।

जर्मनीले ८ खेलबाट २१ जोड्यो । नर्दन आयरल्यान्ड १३ अंकसहित तेस्रो स्थानमा रह्यो । बेलारुस ४ अंकसहित तेस्रो स्थानमा रह्यो ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]