6 years ago
November 25, 2019
एजेन्सी – अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सी सन् २०१९ को ब्यालोन डी’ओर उपाधि जित्दै विश्व प्रतिष्ठित यस अवार्ड छैटौं पटक जित्दै कीर्तिमान कायम गर्ने लक्ष्यमा छन् । बार्सिलोनाका कप्तान समेत रहेका उनले सन् २०१५ यता यस उपाधि जित्न सकेका छैनन् ।

डिसेम्बर २ तारिखमा फ्रान्सको राजधानी पेरिसमा हुने समारोहमा मेस्सी उपाधिका दावेदारमध्यका एक हुन् । मेस्सीसँगै युभेन्टसबाट खेल्दै आएका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले पनि ५ पटक यस अवार्ड जितेका छन् । यसपटक मेस्सीसँगै रोनाल्डो पनि उपाधिको दावेदारका रुपमा रहेका छन् । यसबाहेक लिभरपुलका डिफेन्डर भर्जील भान डाइकलाई पनि उपाधिको दावेदारको रुपमा हेरिएको छ ।
उनले उक्त अवार्डबारे बोल्दै ओट्रोलाई भने, ‘ ब्यालोन डी’ओर निकै महत्त्वपूर्ण उपाधि हो । विश्व फुटबलकै यस अवार्ड जित्न पाउनु मेरो लागि विशेष रहयो । हालसम्म पहिलो अवार्ड मैले निकै महत्त्वका साथ् हेरेको छु । यो सब म एक्लै मात्र नभएर मेरा समकक्षीको साथ र सहयोगले सम्भव भएको हो । व्यक्तिगत उपाधि भएपनि सबै टोलीका साथीहरु यसका अभिन्न पाटो हुन् ।’

मेस्सीले सन् २०१९ मा बार्सिलोनाका लागि ३९ गोल र १४ असिस्ट प्रदान गरेका छन् । उनले गत सिजन बार्सिलोनालाई स्पेनिस लिगको उपाधि जिताउन निर्णायक भूमिका खेलेका थिए । यसबाहेक बार्सिलोनाले च्याम्पियन्स लिगको सेमिफाइनल र कोपा डेल रेको फाइनल पनि खेलेको थियो । जारी सिजन पनि बार्सिलोना लिग तालिकाको शीर्ष स्थानमा रहेको छ । च्याम्पियन्स लिगको समूहमा पनि बार्सिलोना शीर्षस्थानमा रहेको छ ।
अर्जेन्टिनाका लागि कप्तानी गर्दै आएका मेस्सीले ५ गोल गर्दै २ असिस्ट प्रदान गरेका छन् । अर्जेन्टिनाले यसै वर्ष सम्पन्न कोपा अमेरिकामा तेस्रो स्थान हासिल गरेको थियो । अन्तर्राष्ट्रिय खेलमा अपेक्षित प्रदर्शन गर्नबाट चुकेका उनले अझैपनि उपाधि खडेरी तोड्न सकेका छैनन् । यसले भने उनको दावेदारी केहि कमजोर हुन सक्नेछ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]