9 years ago
June 25, 2016
पेरिस (एजेन्सी) – गेराथ बेल प्रेरित वेल्स युरोपियन च्याम्पिनसिपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । उत्तरी आयरल्यान्डलाई १–० ले हराउँदै वेल्स अन्तिम आठमा प्रवेश गरेको हो ।
७५ औं मिनेटमा गेराथ म्याकआउलेले गरेको आत्मघाती गोल नै खेलको निर्णायक बनेको थियो । मैदानको बायाँबाट बेलले क्रस गरेको बल रोक्ने क्रममा म्याकआउलले आफनै पोस्टमा गोल गरेका थिए ।
वेल्सले क्वार्टरफाइनलमा हंगरी र बेल्जियमबीचको विजेतासँग खेल्नेछ । समूह चरणमा जस्तै नकआउटमा पनि रियल मड्रिडको प्रभाव निरन्तर रह्यो । उनले खेलभरमा सातवटा क्रस गरे भने गोलका लागि आक्रमण पनि गरे । वेलले प्रहार गरेको फ्रिकिक विपक्षी गोलकिपरले रोकेका थिए ।
खेलको म्यान अफ दि म्याच चुनिएका बेलले भने ,‘म के भनौं । हामीले राम्रो खेल्न सकेनौं । आदारपूर्वक भन्न सक्छु आयरल्यान्ड हामीलाई निकै अप्ठेरो बनायो । हामीले धेरै ठाँउ निकाल्न सकेनौं । तर मुख्य कुरा भनेको टोलीको जित हो त्यो एउटै गोल नै पर्याप्त भयो । ’
‘कतिपय अवस्थामा हामीहरु भन्दा उनीहरु उत्कृष्ट देखिए । तर पनि हाम्रो टोलीले सहासका साथ प्रतिस्पर्धा गर्यो ’ वेल्सका प्रशिक्षक क्रिस कोलेमानले भने, ‘हाम्रा खेलाडीले कुनै बेला हार मानेन् । अब क्वार्टरफाइनलमा हामीले निकै राम्रो खेल्नुपर्ने हुन्छ । उत्तरी आयरल्यान्ड आज अन्डरडग थियो । तर उनीहरुले निकै चुनौति दिए । ’
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]