10 years ago
September 3, 2015
फिफाले आज निकालेको फिफा र्यान्किङमा नेपाल एक स्थानले खसेर १८५औं स्थानमा पुगेको छ । साउथ एसियन टोलिहरु मा सबै भन्दा अगाडी अफगानिस्थान रहेको छ, अफगान को र्यान्किङ १३० रहेको छ ।
फिफा र्यान्किङमा पहिलो स्थानमा विशकपको उपबिजेता अर्जेन्टिना रहेको छ भने दोस्रो स्थानमा युवा प्रतिभाहरुको सान्दर टोलि बेल्जियम रहेको छ । विशबिजेता जर्मनी तेस्रो स्थानमा छ । ब्राजिल ५औ, इंग्लेंड १०औ, स्पेन ११औ, नेदरल्यान्डस १२औ र इटाली १६औ स्थानमा रहेका छन ।
नेपाली फूटबल टोलिले निरन्तर बिर्सन लायक प्रदशन गर्दै आएको छ र बिगत दुई बर्षमा एउटा पनि गोल गर्न सकेको छैन । नेपाल साउथ एसियन टोलिहरुमा सबै भन्दा पुछारमा रहेको छ , श्रीलङ्का नेपाल भन्दा एक स्थान आगाडी रहदै १८४औ स्थानमा छ । भारत १५५, भुटान १६४, पाकिस्तान १७० र बाङ्लादेश १७३ र माल्दिभ्स १७७ औ स्थानमा छ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]