9 years ago
August 4, 2016
काठमाडौं– नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक बालगोपाल महर्जनको क्लब ब्रदर्श युनियनले बंगलादेश प्रिमियर लिगमा पहिलो हार बेर्होनु परेको छ । बुधबार राती भएको खेलमा मुक्तिजोद्धासँग २–० को नतिजा सुम्पेको ब्रदर्श युनियनले सुरुआती दुई खेलमा बराबरी खेलेको थियो ।

तीन खेलमा लगातार दोस्रो जितपछि मुक्तिाजोद्धा १२ टोली सहभागी रहेको लिगको शीर्ष स्थानमा पुगेको छ ।
चित्तागोङ अबाहानीको पनि शीर्षस्थानको मुक्तिजोद्धाकै जस्तो ७ अंक छ । तर गोलअन्तरमा अबाहानी दोस्रो स्थानमा छ । मुक्तिजोद्धाका लागि ६५ औं मिनेटमा हबिबुर रहमान र ८४ औं मिनेटमा अहमद कोलो मुसाले गोल गरेका थिए ।
ब्रदर्श युनियनले बिजेएमसी र फेनी सकरसँग १–१ को बराबरी खेलेको थियो । २ अंकका साथ ब्रदर्श युनियन पुछारबाट दोस्रोमा छ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]