9 years ago
August 4, 2016
काठमाडौं – नेपालमा पहिलो पटक आयोजना भएको एएफसी ए कोचिङ सर्टिफिकेट कोर्समा उर्तिण हुन सफल ८ नेपाली प्रशिक्षकलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार प्रमाणपत्र वितरण गरेको छ ।

दुई चरणमा आयोजित कोर्समा उर्तिण हुने उपेन्द्रमान सिंह, हरि खड्का, कुमार थापा, नवीन न्यौपाने, छिरिङ लोप्साङ गुरुङ,राजेन्द्र तामाङ र रविन्द्र सिलाकारलाई एन्फाका कार्यवहाक अध्यक्ष नरेन्द्र श्रेष्ठले प्रमाण पत्र हस्तान्तरण गरे । बंगलादेशको ब्रदर्श युनियनलाई प्रशिक्षण दिइरहेका अर्का प्रशिक्षक बालगोपाल महर्जन भने कार्यक्रममा उपस्थित थिएनन् ।
कोर्स पहिलो चरण मार्च २५ देखि अप्रिल ६ र दोस्रो चरण चरण मे ९ देखि २१ सम्म राजधानीमा सम्पन्न भएको थियो । कोर्समा २४ प्रशिक्षकले भाग लिएका थिए ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]