default_image

10 years ago

September 3, 2015

एन्फाका विषयमा अन्तिम फैसला भदौ २३ मा

209 views

0 Bookmark

हाम्रो खेलकुद काठमाडौं, भदौ १७ –

पुनरावेदन पाटन अदालतले अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारण सभाका विषयमा भदौ २३ गते अन्तिम फैसला सुनाउने भएको छ।

All Nepal Football Association

बुधबारका लागि तय भएको साधारण सभा रोक्न मंगलबार आन्तरिम आदेश गरेको पुनरावेदनले बिहीबार छलफलका लागि दुवै पक्षलाई बोलाएको थियो । अन्तरिम आदेशलाई निरन्तरता दिनु पर्ने नपर्ने विषयमा छलफल गर्न पुनरावेदनले डोकेको हो । दुवै पक्षले आफ्नो भनाई राखेपछि अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिदै अर्को साता निर्णय सुनाउने भएको हो ।

एन्फाकै उपाध्यक्षद्वय कर्मा छिरिङ शेर्पा, विजयनारायण मानन्धर र सदस्य पंकज नेम्बाङको उजुरीमा पुनरावेदनले साधारण सभा रोक्न अन्तरिम आदेश जारी गरेको थियो । बिहान ११ देखि झन्डै ५ घन्टा चलेको बहसमा वादीकातर्फबाट उपेन्द्रकेशरी न्यौपाने, हिरा रेग्मी र शेरबहादुर केसी तथा प्रतिवादीकातर्फबाट शुसिल पन्त, शम्भु थापालगायत ५ जना वकिलले बहस गरेका थिए ।

एन्फा र उजुरीकर्ता पक्षले एन्फाको अलग अलग विधान पेश गरेपछि पुनरावेदनले त्यसमा पनि २३ गते छलफल गर्ने भएको छ । एन्फाले २०७० कात्तिक ७ गते साधारण सभाले अनुमोदन गरेको र अर्को पक्षले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा एन्फाले विगतमा दर्ता गरेको विधान प्रस्तुत गरेको थियो ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.