default_image

9 years ago

August 7, 2016

स्पेनिश च्याम्पियन बार्सिलोना लिभरपुल सँग पराजित

136 views

0 Bookmark

अन्तर्राष्ट्रिय च्याम्पियन कप अन्तर्गत्को वेम्ब्लीमा भएको खेलमा  ईंग्लिश क्लब लिभरपुलले बार्सिलोना लाई ४-० ले हराएको छ  ।  झन्डै ९०,००० समर्थकको बिचमा भएको खेलमा लिभरपुलले बार्सिलोनालाई हराउदै युरोप र अमेरिकाको अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ भने बार्सिलोना चौथो स्थानमा झर्यो ।

Klopp

Messi sad

मेस्सि, स्वारेज , पिके , मास्कारेनो लगायत सम्पुर्ण पहिलो रोजाइको खेलाडीले भरिएको बार्सिलोनालाई लिभरपुलको नयाँ साइनिङको राम्रो प्रदर्शनको मद्धतले सहजै हराउन सफल भयो ।

लिभरपुलले मानेको गोलमा अग्रता लियो भने, मास्कारेनोको आत्मघाती गोलले अग्रता दोब्बर गर्‍यो भने ग्रुजिक र ओरिगी को १-१ गोल ले लिभरपुल सहज जित दर्ता गर्न सफल भयो ।

आफ्नो योग्यताअनुरुप प्रदर्शन गर्न नसकेको बार्सिलोनाकालागि कप्तान मेस्सी को प्रहार पोस्टमा लाग्दै गोल हुन सकेको थिएन ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.