9 years ago
August 19, 2016
अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक बि डिभिजन लिग यहि भाद्र ५ गतेबाट सुरु गर्ने भएको छ।

सशस्त्र प्रहरी बलको हल्चोक स्थित रंगशालामा आइताबार उदघाटन हुने प्रतियोगितामा १४ टोलि सहभागी हुदै छन्। बाँसबारी क्लब, ब्वाइज युनियन क्लब, च्यासल युथ क्लब, खुमलटार युथ क्लब, मध्यपुर युथ एसोसिएसन, महाबिर क्लब, नयबस्ती युथ क्लब, न्यु रोड टिम (एन.आर.टि), पुल्चोक स्पोर्ट्स क्लब, रानीपोखरी कर्नर टिम (आर.सी.टि), सामाजिक युथ क्लब, सातदोबाटो युथ क्लब, श्री कुमारी क्लब र टुसाल युथ क्लबले यस प्रतियोगिता खेल्दैछन्।
लिगमा पहिलो र दोश्रो हुने टोलि आगामी वर्ष ‘ए’ डिभिजनमा बढुवा हुने छ भने अन्तिमका दुइ टोलि ‘सी’ डिभिजनमा झर्नेछन। लिग तयारीको लागि एन्फाले प्रत्येक टोलीलाई चार लाख रुपैयाँ दिएको छ भने लिग विजेता टोलीलाई पाँच लाख रुपैयाँ प्रदान गरिनेछ। दोश्रो, तेश्रो र चौथो टोलीले क्रमश: रु.२,५०,०००, रु.१,५०,००० र रु.७५,००० पाउनेछन्। एकल विधामा उत्कृष्ट हुने पाँच जनाले जनही रु.२५,००० पाउनेछन्।
लिगको पहिलो खेल खुमलटार युथ क्लब र मध्यपुर युथ एसोसिएसनले आइतबार दिउसो १;३० बजे हल्चोकमा खेल्नेछन्।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]