default_image

9 years ago

August 25, 2016

ब्वाइज युनियनलाई डिभाइन वाइनको साथ

154 views

0 Bookmark

काठमाडौ (हाम्रो खेलकुद) – सहिद स्मारक बी डिभिजन खेलिरहेको नेपाली फुटबलको पुरानो मध्येको एक ब्वाइज युनियन क्लबलाई डिभाइन वाइनको उत्पादक महाकाली वाइन प्रालीले मुख्य प्रायोजन गरेको छ ।

एक वर्षका लागि बुधबार भएको सम्झौतापछि ब्वाइज युनियनलाई महाकाली वाइनले १५ लाख रुपैयाँ उपलब्ध गराउने छ । ‘बी’ डिभिजन क्लबले प्रायोजनवापत पाउन लागेको यो नेपाली फुटबलमा अहिलेसम्मकै सबभन्दा ठूलो रकम भएको बताइएको छ ।

ब्वाइज युनियनका अध्यक्ष सत्रुधन राजभण्डारी र महाकाली वाइनका अध्यक्ष किस्मत अधिकारीले हस्ताक्षर गरेका थिए ।

images (1)
अब ब्वाइज युनियनले डिभाइन ब्वाइज युनियन क्लबका नामबाट फुटबलमा प्रतिस्पर्धा गर्नेछ । क्लबले बर्षभरी डिभाइन वाइनको लोकअंकित जर्सी प्रयोग गर्ने कार्यक्रममा जानकारी गराइएको थियो । ब्वाइज युनियन २०७० मा ए डिभिजनबाट घटुवा भएको थियो ।

महाकाली वाइनका अध्यक्ष अधिकारीले ब्वाइज युनियन ए डिभिजनमा उक्लन शुभकामना दिदै आगामी वर्षहरुमा पनि प्रायोजनलाई निरन्तरता दिने मौका मिलोस् भन्ने कामना गरे ।

क्लबलाई ए डिभिजनमा पुर्याउने लक्ष्य रहेको जनाउँदै ब्वाइज युनियनका अध्यक्ष राजभण्डारीले आँदा बर्षमा पनि प्रायोजकका रुपमा साथ पाउने विश्वास व्यक्त गरे ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष कर्माछिरिङ शेर्पाले प्रायोजन गरेकोमा महाकाली वाइनलाई धन्यवाद दिदै एन्फाका प्रतियोगिताहरुमा डिभाइनको बोर्ड विज्ञापनस्वरुप राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.