9 years ago
August 29, 2016
काठमाडौं (हाम्रो खेलकुद) –लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीका पूर्व अध्यक्ष टासी घलेले अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सँगै एन्फाको प्रस्तावित निर्वाचन निर्देशिका कारण आफु चुनिनेमा पनि शंका व्यक्त गरेका छन् ।
गत महिना मनाङको निर्वाचित कार्यसमितिको परिचयात्मक कार्यक्रममा सोमबार घलेले उम्मेदवारीको घोषणा गर्दै भने,‘मलाई हाम्रो क्लबले एन्फा अध्यक्षको रुपमा प्रस्तुत गर्दा गौरव लागेको छ । तर म त्यहाँ पुग्ने सम्भावना कम छ । किनकी एन्फाले प्रस्तावित निर्वाचन नियमावलीमा अध्यक्षको उम्मेदवारका लागि ५ प्रस्तावक र ५ समर्थक हुनुपर्ने भनिएको छ । ’ अहिलेका कार्यसमितिमा सदस्य समेत रहेका घलेलाई मनाङले मताधिकारसहित एन्फा साधारण सभाका लागि आफ्नो प्रतिनिधि तोकेको सोही अवसरमा जानकारी दिइएको थियो । एन्फाले एसियाली फुटबल महासंघमा प्रस्ताव गरेको निर्वाचन निर्देशिकामा अध्यक्षका लागि ५ समर्थक र ५ प्रस्तावक उल्लेख छ । उपाध्यक्षको हकमा भने १/१ प्रस्तावक समर्थक भए पुग्नेछ ।

कात्तिक ८ गतेका लागि तय भएको साधारण सभामा अध्यक्षका आकंक्षीका रुपमा हेरिएका सबैको उपस्थितिमा घलेले देशमा लोकतन्त्र हुँदै गणतन्त्र आएपनि एन्फामा अझै पनि प्रजातान्त्रिक अभ्यास हुन नसकेको आरोप लगाए । उनले भने,‘देशको प्रधानमन्त्री हुन १ जना प्रस्तावक र समर्थक भए पुग्छ । तर एन्फामा पुग्दैन । एन्फामा अझै लोकतन्त्र आएको छैन । सबैले चुनाव लड्ने वातावरण बनेमात्र फुटबलले गति लिन सक्छ । फुटबलमा अब डिक्टेटरसिप चल्दैन । ’
फिफाले केही महिनाअघि तत्कालिन अध्यक्ष गणेश थापालाई भ्रष्टाचार अभियोगमा १० बर्षको प्रतिबन्ध र झन्डै २१ लाख रुपैयाँ जरिवाना तोकेपछि एन्फा अध्यक्ष पदमा निर्वाचन हुन लागेको हो । गत बर्ष करेन्ट लागेर मृत्यु ललितकृष्ण श्रेष्ठको मृत्य भएपनि एन्फा उपाध्यक्षको एउटा पद पनि खाली भएको छ । त्यसमा पनि कात्तिक ८ मा निर्वाचन हुँदैछ । उपाध्यक्षको उम्मेदवारमा कसैको चर्चा नभएपनि अध्यक्षमा घलेसहित वर्तमान कार्यवहाक अध्यक्ष नरेन्द्र श्रेष्ठ, अर्का उपाध्यक्ष कर्मा छिरिङ शेर्पा र नेपाल प्रहरीका एआइजी विज्ञानराज शर्मालाई आकंक्षीका रुपमा हेरिएको छ । मनाङको कार्यक्रममा सबै आकंक्षीको उपस्थिति थियो । कार्यवहाक अध्यक्ष श्रेष्ठले घलेलाई अध्यक्षको उम्मेदवारी घोषणा गरेकोमा सफलताका लागि शुभकामना दिए ।
एन्फाका पूर्व उपाध्यक्ष समेत रहेका घलेले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को पनि चर्को आलोचन गरे । राखेप सदस्य सचिव केशवकुमार विष्टको उपस्थितिमा घलेले भने,‘एन्फाका विषयमा छानविन गर्न राखेपले समिति बनाएको थियो । त्यसको प्रतिवेदन सार्वजनिक भएको छैन । त्यसमा फुटबल विवाद, म्याच फिक्सिङ, ओभर एज खेलाडी र एन्फाका ३ वटा विधानका बारेमा उल्लेख गरेको सञ्चारमाध्यमबाट जानकारी पाएका छौं । तर सत्यतत्य अहिले सम्म बाहिर आएको छैन ।’
उनले फुटबलको विवाद समाधानका लागि राखेपले हस्तक्षेप नगरेकामा पनि गुनासो गरे । मनाङका संस्थापक मध्येका एक घलेको आरोप थियो ‘विवाद नभएको संघलाई विघठन गरेको राखेपले एन्फाका विषयमा मुकदर्शक भएर बसेको छ ।’
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]