9 years ago
September 1, 2016
काठमाडौं (हाम्रो खेलकुद) – रियो ओलम्पिककी सबैभन्दा कम उमेरकी पौडी खेलाडी गौरिका सिंहको आज शितल निवासमा राष्ट्रपति विद्यादेवि भण्डारीलेद्वारा सम्मान भएको छ।

केही साता अघि मात्र ब्राजिलको रियामा सम्पन्न ओलम्पिकमा २ सय ६ राष्ट्रका ११ हजार बढी खेलाडीमध्ये १३ बर्षे गौरिका सबैभन्दा कान्छी खेलाडी थिइन् ।
बेलायतमा परिवारका साथ बस्दै आएको र उतैबाट रियोमा गएका कारण ओलम्पिक जानु अघि उनको राष्ट्रपतिबाट विदाई हुन नसकेकोले आज सो कार्यक्रम राखिएको थियो। ब्राजिलको रियोमा आयोजित ओलम्पिक सहभागीमा २ सय ६ राष्ट्रका ११ हजार बढी खेलाडीमध्ये १३ बर्षे गौरिका सबैभन्दा कान्छी खेलाडी थिइन् ।
‘मैले तिम्रो समाचार हेरिरहेको थिए । ओलम्पिकमा खेल भएको दिन पनि मैले आफ्ना सहयोगीहरुसँग कुरा गरेको थिए ।’, राष्ट्रपति भण्डारीले अभिव्यक्ति दिईन। राष्ट्रपति भण्डारीले आफु गौरिकासंग कुरा गर्न पर्खिरहेको र उनलाई भेटेर खुसी लागेको बताइन् । राष्ट्रपति भण्डारीले सिंहलाइ आगामी टोकियो २०२० ओलम्पिकको लागि राम्रो तयारी गर्न पनि शुभकामना दिईन।
नेपालको पौडी इतिहासमा सागमा व्यक्तिगततर्फ पहिलो पदक जितेकी गौरिकाले फागुनमा भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुदमा गौरिकाले १ र ३ कास्य पदक जितेकी थिइन् । ‘ म राष्ट्रपतिलाई भेट्न पाउँदा अत्यन्तै खुसी छु । अझ त्यसमाथि उहाँबाट सम्मानित हुन पाउँदा थप गौरवको अनुभुती भएको छ ।’, गौरिकाले भनिन्।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]