10 years ago
September 7, 2015
काठमाडौं भदौ २१ गते ।
नेपाली राष्ट्रिय फुटवल टोलीका पूर्व कप्तान उपेन्द्र मान सिंहको क्लब मध्यपुर युथ एकेडेमीले दुई दिने राष्ट्रिय भेलाको आयोजना गर्ने भएको छ । फुटवल मार्फत युवाको विकास गर्ने उदेश्यका साथ मध्यपुरले मर्सी कोरसंगको सहकार्यमा भेला गर्न लागेको हो । २४ र २५ भदौमा राष्ट्रिय युवा भेला हुने भएको हो ।
फुटबलमार्फत शान्त, स्वच्छ र सुद्धृढ समजाको विकास गर्ने सोचका साथ राष्ट्रिय भेलाको आयोजना गर्न लागेको मध्यपुर युथ एसोसियसनका अध्यक्ष तथा पुर्व फुटबलर उपेन्द्रमान सिंहले जानकारी दिए । उनले फुटबलको माध्यम मार्फत समाज र ब्यक्तित्व विकास गर्ने उदेश्यका साथ मर्सि कोरसंग मिलि कार्यक्रमको आयोजना गर्न लागेको बताए ।
उक्त कार्यक्रम मार्फत युवा कोचहरुलाई फुटबल ट्ेरनिङ र परार्मर्श तथा खेलहरुको आयोजना गरी युवाहरुलार्य समुदायमा सकरात्मक विकास र जनचेतना जगाउनका लागि बलाबालीका सरंक्षणा नीतिहरु, लैंगिक समान्ता लगाएत विषयमा समेत कार्यक्रमहहरु गर्ने जनाइएको छ ।
मोफसका विभिन्न जिल्ला र भक्तपुरका विभिन्न भागबाट उक्त कार्यक्रममा सहभागिता रहने जनाईएको छ । कार्यक्रमका लागि ६ लाख खर्च हुने अनुमान गरिएको छ । कार्यक्रमको पहिलो दिन वालदिवसलाई ध्यानमा राखि र्यालि आयोजना गरीने र त्यसपछि फुटबल मेलाको आयोजना गरीने जानकारी दिए ।
क्लबका अध्यक्ष सिंहले क्षमताका बाबजुतपनि भक्तपुर फुटबलमा पछि परेको भन्दै फुटबल विकासका लागि समुदायकोनै सहभागिता गराउन र फुटबल प्रति आकर्षण बढाउनका लागि कार्यक्रमले मद्धत गर्ने सक्ने बताए । उनले फुटबलको माध्यामबाट समाजमा सकरात्मक सोचको विकास हुने भन्दै यसतर्फ सबैलाई आकर्षण गर्नु कार्यक्रमको मुख्य उदेश्य हुने जानकारी दिए ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]