9 years ago
September 13, 2016
म्यान्चेस्टर युनाइटेडका स्ट्राइकर मार्कस र्यास्फर्ड सानै देखी क्रीस्टियानो रोनाल्डोको खेल हेरेर प्रेरित हुन्थिए , र यही कारणले उनलाई अघी बढ्न मद्धत गरेको कुरा उनले म्यान्चेस्टर युनाइटेडको अफिसियल म्यागजिन इन्साइड युनाइटेडलाई बताएका छन ।

“क्रीस्टियानो रोनाल्डो पहिले युनाइटेड आउँदा एक युवा थिए, सम्पुर्णको ध्यान उनमा थियो । त्यही उमेर देखी उनमा सबै भन्दा राम्रो बन्ने उद्देश्य थियो, जसकोलागी उनि एक्दम मेहेनत गर्दथे , यही कुरा मेरो लागी प्रेरक रह्यो ‘ , र्यास्फर्डले इन्साइड युनाइटेडलाई बताए।
क्रीस्टिएनो रोनाल्डोले ६ बर्षिय युनाइटेड युगमा ३ प्रीमियर लिग र १ च्याम्पियन्स लिग उपाधी जित्न सघाए । २००९ मा रोनाल्डो म्याड्रीड जादा रास्फर्ड ११ बर्षका मात्र थिए ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]