default_image

10 years ago

September 8, 2015

ट्रेड युनियन विजयी

169 views

0 Bookmark

काठमाडौं भदौ २२ गते ।
निजामति सेवा दिवसको उपलक्ष्यमा युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित मैत्रीपूर्ण फुटबलमा ट्रेड युनियन– ११ ले मंगलबार जित हात पारेको छ ।

निजामति सेवा दिवसका अवसरमा आयोजित फुटबल विजेता ट्रेड युनियन टोली ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा युनियनले मुख्य सचिव– ११ लाई २–१ गोलले पराजित गर्‍यो । विजयी टिमका लागि राजेन्द्र महर्जन र दीपेन्द्र केसीले १–१ गोल गरे । मुख्य सचिवका भरत काडेलले सान्त्वना गोल गरे ।
विजेतालाई युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले पुरस्कृत गरे । यसअघि प्रतियोगिताको सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले उद्घाटन गरेका थिए ।

निजामति सेवा दिवसकै उपलक्ष्यमा आयोजित बुद्धिचाल प्रतियोगिताका विजेतालाई पनि सोही अवसरमा पुरस्कृत गरिएको थियो ।
श्रम विभागका राजकिशोर महतो पहिलो, खेलकुद मन्त्रालयका गणेश गुरुङ दोश्रो तथा सामान्य प्रशासन मन्त्रालयका टीकाप्रसाद पराजुली र वैदेशिक रोजगार विभागका सुरेन्द्र यन्द्यो तेश्रो भए । शीर्ष तीन स्थान हात पार्नेले क्रमश: ८ हजार, ५ हजार र २/२ हजार नगद पुरस्कार हात पारे ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.