9 years ago
September 27, 2016
च्याम्पियन्स लिग अन्तगर्तको खेलमा रियाल म्याड्रीड बोरुसिया डर्ट्मन्डको सामना गर्दै छ । आज नेपाली समय अनुसार मध्य रातमा हुने समुह ‘एफ’को खेल वेस्टफलेनस्टेडियोनमा खेलिने छ ।

पहिलो खेलमा पोल्याण्डको लेगिया वारसमसङ सहज जित निकालेको डर्ट्मन्डको च्याम्पियन्स लिगमा असली परिक्षा रियालसङ हुनेछ ।
रियलले आफ्नु पहिलो खेलमा स्पोर्टिङ बिरुद्ध २-१ को नतिजा निकाल्दा क्रीस्टियानो रोनाल्डोले आफ्नो युवाकालको टोली बिरुद्ध गोल गरेका थिए ।
आफ्नो पछिल्लो ४ खेलमा २० गोल गर्न सफल डर्ट्मन्ड पछिल्लो दुइ खेलमा ड्र खेलेको म्याड्रीड भन्दा राम्रो फर्ममा छ भने हाल क्रीस्टियानोलाई १८ मिनेट बाकी हुँदा परिवर्तन गरेको कारण बिभिन्न आलोचना खप्दै गरेको अवस्थामा जिदान जितेर दबाब हटाउन योजनामा हुनेछन ।
यि दुइ टोली बिचको अघिल्लो ५ रेकर्ड हेर्नेहो भने दुइ टोलीलाइ भिन्न गर्न सकिन्न । पछिल्लो ४ खेलमा डोर्ट्मन्डको २ जित छ भने मड्रीड्ले २ खेल जितेको छ, त्यस्तै १ खेल बराबरिमा अन्त्य भएको छ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]