9 years ago
October 2, 2016
हाम्रो खेलकुद – स्पेनिश ला लिग अन्तर्गत आइतबार राति भएको खेलमा सेल्टा भिगोले बार्सिलोनालाइ ४-३ले पराजित गरेको छ।

पहिलो हाफमा ३-०को अग्रता बनाएको सेल्ट भिगोलाई दोश्रो हाफमा बार्सिलोना खेलमा फर्केपछि केहि दवाब सिर्जना भएको थियो। तर बार्सिलोनाका गोलरक्षक टेर स्टेगेनले गरेको गल्तिको फाइदा उठाउंदै सेल्ट पुन: अग्रता बनाउन सफल रह्यो।
बार्सिलोनाका लागि जेरार्ड पिकेले हेडिंग मार्फत दुइ गोल फर्काए भने एक गोल नेयमारले पेनाल्टिबाट गरेका थिए। सेल्टाको लागि पिओने सिस्टो, पाब्लो हेर्नान्देज र इआगो आसपासले गरेका थिए। एक गोल भने आत्मघाती जेरेमी म्यथिएयुको नाममा रह्यो।
रियल म्याड्रिड र ऐबारले १-१को बराबरी खेलेपछि बार्सिलोनालाई पहिलो स्थानमा चढ्ने मौका मिलेको थियो। तर सेल्टा संगको खेल हारेपछि बार्सिलोना चौथो स्थानमा नै अड्केको छ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]