9 years ago
October 5, 2016
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग आयोजना अन्योलमै रहँदा बी डिभिजन लिग बिहीबार औपचारिक रुपमा सम्पन्न भएको छ । हरेक बर्ष हुनु पर्ने ए लिग यसपटक अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्ष र एक उपाध्यक्षको निर्वाचनका कारण मिति तय हुन सकेको छैन । एन्फाको निर्वाचन कात्तिक ८ गतेका लागि तय भएको छ । तर पाटन उच्च अदालतले कात्तिक ५ गते सम्मका लागि सबै निर्वाचन प्रक्रिया स्थगन गर्नुभनेपछि एन्फाको निर्वाचनसँगै ए लिग थप अन्योलमा परेको छ । कम्तिमा बी डिभिजन भने यसपटक टुंगिएको छ । भदौ ५ गते सुरु भएको लिगबाट च्यासल युथ क्लब विजेता र न्युरोड टिम (एनआरटी) उपविजेताका रुपमा ए डिभिजनमा बढुवा भइसकेका छन् ।

बिहीबार समापनमा अधिकांश व्यक्तिगत पुरस्कार भने यीनै विजेता उपविजेता टोलीले जितेका छन् । च्याम्पियन च्यासलका प्रशिक्षक चेतनारायण श्रेष्ठ स्वतः उत्कृष्ट प्रशिक्षक घोष्ति भएका छन् । उनकै खेलाडी राजाबाबु थापा उत्कृष्ट गोलकिपर र चेतन थारु उत्कृष्ट रक्षक बने । एनआरटीका सुशिल लामा उत्कृष्ट मिडफिल्डर बने । खुमलटारका कप्तान सुरज राउत उत्कृष्ट फरवार्ड छानिए । उत्कृष्ट हुनेले जनही २५ हजार रुपैयाँ प्राप्त गरे ।
बाँसबारी युवा क्लबमाथि मंगलबार ५–० को जित निकाल्दै च्यासल विजेत ाबनेको थियो ।सातदोबाटो युवा क्लबलाई २–० ले हराएको एनआरटी गोलअन्तरमा पछि पर्दै दोस्रो स्थानमा सिमित भएको थियो । २०७० यता पहिलो पटक आयोजित बी डिभिजन लिगबाट नै आठ दशक लामो इतिहास बोकेको एनआरटी बढुवा हुन सफल भएको छ । समान २८ अंक जोडेको दुई टोली मध्ये १ गोलले माथि रहेको च्यासल गोलअन्तरका आधारमा विजेता बन्यो भने र एनआरटी दोस्रो भएको थियो ।
च्यासलले ट्रफीसहित ५ लाख र उपविजेता एनआरटी युरोडले २ लाख ५० हजार रुपैयाँ प्राप्त ग¥यो । तेस्रो टोली रानीपोखरी टिम (आरसिटी) ले १ लाख ५० हजार तथा चौथो टोली सातदोबाटो युवा क्लबले ७५ हजार रुपैयाँ पायो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्ट, आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) का कार्यवहाक अध्यक्ष नरेन्द्र श्रेष्ठ, उपाध्यक्ष कर्मा छिरिङ शेर्पालगायतले विजेता उपविजेता टोलीका खेलाडीलाई पुरस्कृत गरे ।
लिगको अन्तिम दिन बिहीबार एन्फा कम्प्लेक्समा भुवन बस्नेतको ह्याट्रिकको मद्दतमा रेलिगसेनमा परिसकेका दुई टोलीबीचको प्रतिस्पर्धामा सामाजिकले मध्यपुर युथ एसोसिएसनलाई ४–३ ले हराएको छ । पहिलो मिनेटमा गोलको खाता खोलेका भुवनले २४ औं र ६६ औं मिनेटमा गोल थप्दै ह्याट्रिक पुरा गरेका थिए । टोलीका सुरेश खत्रीले दोस्रो मिनेटमा अर्को गोल गरेका थिए । मध्यपुरका लागि सविन डंगोलले ३५ औं, यमन राजवहाकले ८६ औं र सन्तोष सिंह ठकुरीले इन्जुरी समयको दोस्रो मिनेटमा गोल गरेका थिए ।
भदौ ५ गते देखि एन्फा कम्प्लेक्स सातदोबाटो र हलचोक स्थित शसस्त्र प्रहरी बलको मैदानमा सञ्चालित लिगबाट महावीर र सामाजिक रेलिगेसनमा परेका थिए ।

December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]