9 years ago
October 15, 2016
हाम्रो खेलकुद – इङ्गलिश प्रिमिएर लिग अन्तर्गत शनिबार भएको खेलमा चेल्सीले साविक विजेता टोलि लेस्टर सिटिलाई ३-०ले पराजित गरेको छ।

पहिलो हाफको सातौं मिनेटमा डिएगो कोस्टाको गोलले अग्रता लिएको चेल्सीको लागि एडेन हजार्डले ३२औं मिनेटमा दोश्रो गोल गरेका थिए। दुवै खेलाडीले गोल गरेपछि आफ्नो सहकर्मी विलियनलाइ गोलको खुसि मनाउदा गोल समर्पित गरेका थिए। विलियनकि माताको शुक्रबार क्यान्सरले गर्दा निधन भएको थियो। पहिलो हाफमा लेस्टर विरुद्ध हावी देखिएको चेल्सीले थप गोल गर्ने मौकामा भने चुकेको थियो। डेभिड लुइजले प्रहर गरेको उत्कृष्ट फ्रिकिक क्रसबारमा लागेर फर्केको थियो।
दोश्रो हाफमा सुधारिएको प्रदर्शन गरेको लेस्टरले केहि मौका सिर्जना गरेपनि प्रतिफल भने हासिल गर्न सकेन। खेलको अन्तिम समयतिर चेल्सीका लागि भिक्टर मोजेसले ८०औं मिनेटमा गोल गरेका थिए। जितसंगै चेल्सी
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]