9 years ago
October 18, 2016
हाम्रो खेलकुद – युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत मङ्गलबार भएको खेलमा रियल म्याड्रिडले लेजिया वार्सालाई ५-१ले पराजित गरेको छ।

ग्यारेथ बेलको उत्कृष्ट गोलको मद्दतले १६औं मिनेटमा खेलमा अग्रता लिएको म्याड्रिडले दोश्रो गोल लेजियाको डिफेन्डरको तर्फबाट उपहार पाएको थियो। ३७औं मिनेटमा रोनाल्डोको पासलाई सदुपयोग गर्दै असेन्सियोले तेश्रो गोल गरे। यसअघि २२औं मिनेटमा लेजियाले पेनाल्टिबाट एक गोल फर्काएको थियो।
दोश्रो हाफमा थप आक्रमक देखिएको म्याड्रिडले दुई गोल थपेको थियो। वैकल्पिक खेलाडीहरु लुकास भाज्केज र अल्भारो मोराटाले १-१गोल थपेका थिए। भाज्केजले ६८औं र मोराटाले ८५औं मिनेटमा गोल गरेका थिए।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]