9 years ago
October 20, 2016
च्याम्पियन्स लिग अन्तर्गतको समुह ए को खेलमा आर्सनलाले लुडोगोरेट्स बिरुद्ध सहज जित दर्ता गरेको छ । मेसट ओजिलाले दोस्रो हाल्फको तीन गोलले आर्सनललाई सहज ६-० को नतिजा निकाल्दै ३ अंक बटुल्न सघाएका छन ।

पहिलो हाल्फमा १२ औ मिनेटमा गोल गर्दै एलेक्सिस स्यान्चेजले आर्सनललाई अग्रता दिलाएका थिए । पहिलो हाल्फ सकिनु अघी ४२ मिनेटमा गोल गर्दै वाल्कटले आर्सनलको अग्रता दोब्बर पारे ।
पहिलो हाल्फको अन्त्यमा २-० ले अघी रहेको आर्सनलले दोस्रो हाल्फमा थप ४ गोल गर्यो । ४ गोल मद्धे ३ गोल गर्दै ओजिलले आफ्नो पहिलो ह्याट्रीक पुरा गरे ।
दोस्रो हाल्फ सुरु भए लगत्तै स्यान्चेजको चिप पासमा गोल गर्दै च्यामबर्लिनले गोल गरे पछी, ५६ ८३ र ८७ मिनेटमा गोल गर्दै ओजिलले आफ्नो ह्याट्रीक पुरा गरे ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]