9 years ago
October 20, 2016
काठमाडौँ (हाम्रो खेलकुद) – सन् १९८४को साग फुटबलमा स्वर्ण पदक जिताउने प्रशिक्षक जोचेन फिगी नेपाल आएका छन्। उक्त समयमा राष्ट्रिय टोलीको खेलाडी रहेका राजु काजी शाक्य हाल राष्ट्रिय टोलीका प्रशिक्षक रहेका छन्।

एन्फाद्वारा फिफाको सहकार्यमा संचालन भइरहेको इलाइट कोचिङ कोर्समा प्रशिक्षकका रुपमा आएका फिगी एक हप्ता नेपालमा रहनेछन। जर्मन नागरिक फिगिले फाइनलमा बंगलादेशलाइ पराजित गर्दै नेपालको पहिलो स्वर्ण पक्का गरेका थिए। १९८४को स्वर्ण जित्ने टोलीमा रुपक शर्मा कप्तान थिए भने अहिलेका राष्ट्रिय टोलीका प्रशिक्षक राजु काजी शाक्य पनि खेलाडी थिए। उनि बाहेक वाई.बि. घले, धिरेन्द्र प्रधान, रन्जन बिष्ट, लगायतका खेलाडीहरु उक्त टोलीमा थिए।
राजु काजी शाक्यलाई ३२ वर्षपछि भेट्दा फिगिले पहिला मुस्कान दिदैं अंगालो हाले। फिगिले राजु पहिला भन्दा निकै अग्ला र बुढा भएको टिप्पणी गरे भने शाक्यले फिगिको कपाल बाँकी नरहेको भन्दै ठट्यौली गरे।

दुवै जनाले एक अर्का संग आफ्नो पुराना केहि अनुभवहरु साटासाट गरे। शाक्य उक्त समयमा १६ वर्षका मात्र थिए र उनको प्रदर्शन एकदमै राम्रो भएको फिगिले बताए। उनले त्यो समयमा कप्तान रहेका रुपक राज शर्माको मुक्त कण्ठले प्रसंशा गरे। “रुपक सायद त्यो टोलीका कप्तान मात्र नभएर एक सच्चा नेता थिए।”, उनले भने। “सायद उनले त्यस समयमा भारतमा फुटबल खेल्थे होला, तर टोलीमा उनको कारण धेरै राम्रो छाप परेको थियो। मलाई उनिबिना त्यो टोलि के हुन्थ्यो कल्पना गर्न सक्दिन|”, फिगिले थपे।

शाक्यको सम्झनामा फिगी एकदम मेहेनती प्रशिक्षक थिए। “उनले हामीबाट धेरै आशा गरेका थिए तर नेपालको लागि स्वर्ण जित्नुनै धेरै ठुलो कुरा थियो। हामीले स्वर्ण पदक जित्ने त सपना जस्तो लागेको थियो, तर फिगिले हामीलाई अझै माथि पुर्याउन चाहन्थे।”, शाक्यले भने। “साग लगतै साउदीमा हाम्रो नतिजा नराम्रो आएपछि उनि एकदम दुखि भए। कप्तान रुपक शर्माले पनि उहाँलाइ सम्झाउनुभयो र नेपालको क्षमता त्यतिनै रहेको बताउनुभयो। त्यसपछि फिगी मेक्सिकोतर्फ लागे र हामी नेपाल फर्कियौं।”, उनले थपे।

शाक्यले त्यसपछि १९९३मा कप्तान भएर सागको स्वर्ण पदक जिते भने २०१६मा प्रशिक्षकका रुपमा स्वर्ण पदक हात पारे।
-सुबास हुमागाईं
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]