default_image

9 years ago

October 21, 2016

एन्फा निर्वाचनका विषयमा उच्च अदालतमा छलफल हुँदै

131 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को कात्तिक ८ मा हुने भनिएको निर्वाचनका विषयमा पाटन उच्च अदालतमा आज छलफल हुँदैछ ।
एन्फाका पूर्व महासचिव लोकबहादुर शाही र पूर्व फिफा सहायक रेफ्री विनोद केसीले दिएको रिटमाथि असोज १४ गते न्यायधिश प्रेमराज कार्कीको एकल इजालसले निर्वाचन प्रकृया कात्तिक ५ गतेसम्मका लागि स्थगित गर्न अन्तरिम आदेश दिएको छ । उच्च अदालतले छलफलका लागि आज दुवै पक्षलाई बोलाएको छ ।

anfa
एन्फा निर्वाचन कमिटीले कात्तिक ८ गते रिक्त अध्यक्ष र उपाध्यक्ष पदका लागि निर्वाचन मिती तोकेको थियो । तत्कालिन अध्यक्ष गणेश थापालाई फुटबलको सर्वोच्च निकाय फिफाले आर्थिक अनियमितता गरेको आरोपमा १० वर्षे प्रतिबन्ध लगाएपछि अध्यक्षको पद रिक्त रहेको थियो । त्यस्तै उपाध्यक्ष तथा तत्कालिन कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको करेन्ट लागेर मृत्यु भएपछि उपाध्यक्ष पदि पनि रिक्त थियो ।
अध्यक्षमा कार्यवहाक अध्यक्ष नरेन्द्र श्रेष्ठ र उपाध्यक्ष कर्मा छिरिङ शेर्पाको उम्मेदवारी परेको छ । त्यस्तै उपाध्यक्षमा उपेन्द्रमान सिंह, दीपक खाती र मणी कुँवरले उम्मेदवारी दिएका छन् ।
एन्फाले छलफल अघि नै मुद्दा फिर्ता गराउने गरि पहल गरेको समेत बुझिएको छ ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.