default_image

9 years ago

October 23, 2016

एन्फा निर्वाचन पर्यवेक्षण गर्न फिफा र एएफसीका प्रतिनिधि नेपालमा

177 views

0 Bookmark

हाम्रो खेलकुद – सोमबार हुने एन्फाको अध्यक्ष र उपाध्यक्ष पदको निर्वाचन पर्यवेक्षण गर्न फिफा र एएफसीक प्रतिनिधि नेपालमा आइपुगेका छन्।

img_3724

आज दिउसो एन्फाको सातदोबाटो स्थित केन्द्रीय कार्यालयमा एएफसी र फिफाको प्रतिनिधि र एन्फा निर्वाचन समितिबीच भेटघाट पनि भएको थियो। अध्यक्ष पदमा नरेन्द्र श्रेष्ठ र कर्म छिरिङ शेर्पा उठ्दैछन भने उपाध्यक्ष पदमा उपेन्द्र मन सिंह, मणि कुँवर र दिपक खति लड्दैछन।

एन्फाको साधारण सभा भोलि बिहान ९ बजे कार्की ब्यांकवेट, बबरमहलमा सुरु हुँदैछ भने चुनाव दिउसो हुने अनुमान गरिएको छ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.