9 years ago
October 23, 2016
लन्डन (एजेन्सी)– साउथह्यामटनसँग १–१ को बराबरीमा रोकिएपनि म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्षस्थानमा उक्लेको छ । पहिलो हाफमा पछि परेपनि सिटीले खेललाई बराबरी गर्न सफल भएको थियो ।

नाथन रेडमुले २७ औं मिनेटमा गोल गरेपछि साउथह्यामटनले अग्रता लिएको थियो । तर, दोस्रो हाफमा किलिची इहेन्चोले गोल फर्काएपछि सिटीको हार टरेको छ । अघिल्लो दिन आर्सनल र टोटेनह्यामले भने अलग अलग खेलमा गोलरहित बराबरी खेलेका थिए । ९ खेलपछि शीर्ष ३ टोलीको समान २० अंक भएपनि गोलअन्तरका आधारमा सिटी शीर्षस्थानमा, आर्सनल दोस्रो र लिभरपुल तेस्रो स्थानमा छन् । चौथो टोटेनह्यामको १९ अंक छ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]