9 years ago
October 24, 2016
दिपेश तिमल्सिना (हाम्रो खेलकुद)
काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा नरेन्द्र श्रेष्ठ र एक उपाध्यक्षमा मणी कुँवर निर्वाचित भएका छन् । दुई दशक भन्दा लामो समय गणेश थापाको पतनपछिको पहिलो निर्वाचनमा एकै प्यानलबाट लडेका श्रेष्ठ र कुँवर विजयी भएका हुन् । कार्यवहाक अध्यक्ष समेत रहेका श्रेष्ठलाई संस्थापन पक्षका रुपमा हेरिएको थियो भने उनको विरोधी खेललाई परिवर्तनका पक्षधर मानिएको थियो ।

एक बर्षका लागि भएको निर्वाचनमा झिनो मतअन्तरले विजयी भएका श्रेष्ठ ३६ मत प्राप्त गरेका थिए । उनका प्रत्यासी कर्मा छिरिङ शेर्पाले ३१ मत पाए । त्यस्तै कुँवरले ३४ उनका निकटतम प्रतिद्धन्द्धि प्रदीप खाती र विना प्यानल लडेका राष्ट्यि टोलीका पूर्व गोलकिपर उपेन्द्रमान सिंहले ८ मत प्राप्त गरेका छन्। फिफाको एथिक्स कमिटीले थापालाई १० प्रतिबन्धका लागि २० लाख रुपैयाँ बढीको जरिवाना गरेपछि अध्यक्षको पद खाली भएको थियो। त्यस्तै गत बर्ष करेन्ट लागेर ललितकृष्ण श्रेष्ठको मृत्यु भएपछि उपाध्यक्षको एक पद खाली थियो । पराजित कर्मा एन्फाका उपाध्यक्ष हुन् । निर्वाचनमा पराजित भएपछि वहालवाला पदबाट पनि राजीनामा दिनुपर्ने एन्फाको वैद्यानिक प्रावधान छ । थापाको चर्को विरोधीका रुपमा छवि बनाएका कर्मा अन्ततः आफै एन्फाको केन्द्रिय समितिबाट बाहिरिएका छन् ।
श्रेष्ठको प्यानललाई पूर्व अध्यक्ष थापाको सहयोग थियो । धेरै एन्फा निर्वाचनलाई थापाकै जितका रुपमा समेत हरेका छन् । निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिदै श्रेष्ठ जित हार प्रजातन्त्रमा स्वभाविक भएपनि सबैलाई समेटेर अघि बढ्ने बचन दिए । उनले फिफा, एएफसीको सहयोगमा नयाँ कामको सुरुआत र पुराना कामलाई निरन्तरता दिने समेत बताए ।
पराजित भएपछि फुटबलमा निरन्तर लाग्ने जनाउँदै शेर्पाले निर्वाचनमा पैसाको चलखेल भएको आरोप लगाए । यद्दपी निर्वाचन परिणामलाई स्वीकार्ने उल्लेख गर्दै उनले एन्फाको नयाँ नेतृत्वलाई व्यक्ति विकासमा नभै फुटबल विकासमा र शीर्षक अनुसार प्राप्त हुने अनुदानलाई सोही कार्यक्रममा खर्च गर्न सुझाव दिए ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]