default_image

9 years ago

October 29, 2016

स्वप्नबाग वेस्टर्न युनाइटेडलाई नैकाप गोल्डकपको उपाधि

114 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –स्वप्नबाग वेस्टर्न युनाइटेडले नैकाप गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

naikap

चन्द्रागिरी नगरपालिका २५ स्थित नैकाप मैदानमा भएको फाइनलमा स्वप्नबागले स्थानिय दीपशिखा युवा समूहलाई २–० ले हराउँदै उपाधि जितेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो ।

दोस्रो हाफमा सुवास घलानले दुवै गोल गरेपछि स्वप्नबाग उपाधि जित्न सफल भएको हो । सुवास फाइनलको म्यान अफ दी म्याच बने । स्वप्तबागले उपाधिसहित २ लाख रुपैयाँ तथा दीपशिखाले १ लाख रुपैयाँ प्राप्त गर्‍यो  । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले विजेता, उपविजेता टोली खेलाडीलाई पुरस्कृत गरे ।

ढुंगेअड्डा युनेस्कोका डानिल श्रेष्ठ प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । त्यस्तै ७ गोल गरेका दीपशिखाका सुमन डंगोल प्रतियोगिताका उच्च गोलकर्ता बने र उनले पनि १० हजार रुपैयाँ जिते । असोज २८ गतेबाट सुरु भएको प्रतियोगितामा २८ टोलीको सहभागिता थियो । नैकापको मैदान स्तर उन्नतीको लक्ष्यसहित प्रतियोगिता संयुक्त नैकापले आयोजन गरेको थियो ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.