default_image

10 years ago

September 11, 2015

प्रथम अन्तरमावि फुटबल – कास्की मोडनाइज्ड र डाइनामिक अन्तिम आठमा प्रवेश

168 views

0 Bookmark

पोखरा, २५ भदौ।

कास्की मोडनाइज्ड एकेडेमी, बेथानी बोर्डिङ स्कुल, धौलागिरि बोर्डिङ स्कुल र डाइनामिक बोर्डिङ स्कुल पोखरा–२७ हेमजा मिलनचोक खेलमैदानमा जारी प्रथम अन्तरमावि छात्र फुटबल प्रतियोगिता–२०७२ को अन्तिम आठमा प्रवेश गर्न सफल भएका छन्।
नेपाल विद्यालय फुटबल सङ्घ कास्कीको आयोजनामा शुक्रबार भएको पााचौं प्रिक्वाटरफाइनल खेलमा कास्की मोडनाइज्ड एकेडेमीले टप्स उमाविलाई ४–० ले पराजित गर्‍यो। छैटौं खेलमा बेथानी बोर्डिङ स्कुलले वेलनन एकेडेमीलाई २–० ले हरायो। सातौं खेलमा धौलागिरि बोर्डिङ स्कुलले मेरीगोल्ड बोर्डिङ स्कुललाई टाइब्रेकरमा ५–३ ले पाखा लगायो। निर्धारित समय दुई–दुई गोलको बराबरीमा सकिएको थियो।
आठौं खेलमा डाइनामिक बोर्डिङ स्कुलले आदर्श बोर्डिङ स्कुललाई सडन डेथमा १–० ले पन्छायो। निर्धारित समय दुई–दुई गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा पनि पााच–पााच गोलको बराबरी भएपछि सडन डेथमा आदर्श १–० को शिकार भएको नेपाल विद्यालय फुटबल सङ्घ कास्कीका अध्यक्ष जगत थापाले जानकारी दिए।
श्निबार क्वाटरफाइनलका खेल हुनेछन्। जसअनुसार शान्तिदीप बोर्डिङ स्कुल र ताराकुञ्ज बोर्डिङ स्कुलबीच पहिललो, अमरसिंह नमुना उमावि नेपाली विभाग र पोखरा एकेडेमी बाटुलेचौरबीच दोस्रो, कास्की मोडनाइज्ड एकेडेमी र बेथानी बोर्डिङ स्कुलबीच तेस्रो तथा धौलागिरि बोर्डिङ स्कुल र डाइनामिक बोर्डिङ स्कुलबीच चौथो खेल हुने सङ्घका कोषाध्यक्ष एवं प्रतियोगिता संयोजक हिमाल गुरुङले जानकारी दिए।
भदौ २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा २४ टीमको सहभागिता रहेको छ। प्रतियोगितामा विजेता टीमलाई नगद १५ हजार तथा उपविजेता टीमलाई नगद १० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.