default_image

9 years ago

November 5, 2016

टिमोर लिस्टेविरुद्ध गोल गर्ने अनिल र सुजल मात्र टोलीमा

287 views

0 Bookmark

पहिलो रोजाइमा सुजलको मात्र सम्भावना

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र टिमोर लिस्टेबीच पाँच बर्षअघि दशरथ रंगशालमा दुईवटा खेल भएको थियो । सन् २०१४ को विश्वकपका लागि २०११ मा पहिलो चरणको छनोटमा यी दुई टोलीबीच प्रतिस्र्धा भएको थियो । दुवै खेलमा नेपाल विजयी भएको थियो ।

दुई टोलीबीच त्यसयता पहिलो पटक आज (शनिबार) साँझ मलेसियाको कुचिङमा जारी एएफसी सोलिडारिटी कपमा भेट हुँदैछ । त्यति बेलका दुई खेलमा नेपालले दुई खेलमा ७ गोल गरेको थियो भने १ गोलमात्र खाएको थियो । पहिलो खेलमा २–१ को कठिन जित निकालेको नेपालले अर्को खेलमा ५–० को सफलता प्राप्त गरेको थियो ।

ANil Gurung

पाँच बर्षमा नेपाली टोलीमा निकै परिवर्तन भइसकेको छ । पक्कै पनि टिमोर लिस्टेमा पनि परिवर्तन भएको हुनुपर्छ । नेपाली टोलीका कप्तान अनिल गुरुङकै भनाईमा पनि पाँच बर्षको बीचमा टिमोर लिस्टेको खेलमा निकै सुधार आइसकेको छ । ब्रुनाईसँगको टिमोर लिस्टको पहिलो खेल हेरेपछि अनिलले यस्तो प्रतिक्रिया दिएका हुन् । यद्दपी, खेलअघि सबैले विपक्षी टोलीको सम्मान गर्ने प्रचलन अनुसार अनिलले टिमोर लिस्टको आदर गर्ने क्रममा यस्तो भनेका पनि हुन सक्छन् । अनिलले ब्रुनाईसँग खेल्दा मैदान फिजेका कारण टिमोर लिस्टेका खेलाडीले आफ्नो वास्तविक प्रदर्शन गर्न नसकेको अनुमान पनि गरेका छन् ।

solidarity

पहिलो खेल हारिसकेकोले टिमोर लिस्टेसँग नेपालको खेल ‘गर वा मर’को अवस्थामा हुनेछ । त्यसकारण पनि टिमोर लिस्टले आफ्नो सबै खाले उपाय नेपालविरुद्ध लगाउनेछ । पाँच बर्षअघि टिमोर लिस्टेविरुद्ध गोल गर्ने मध्येका अनिल एक हुन् । उनले त्यति बेला पहिलो र दोस्रो खेल दुवैमा गोल गरेका थिए । तर, अहिले अनिल पहिलो रोजाइमै पर्ने सम्भावना कम छ ।

अनिल जस्तै दुवै खेलमा गोल गर्ने जुमाRabin Shrestha and Sujal Shresthaनु राई अहिले टोलमिा छैनन् । अनिल र जुमानु बाहेक दोस्रो खेलमा भोला सिलवाल, सुजल श्रेष्ठ र जगजित श्रेष्ठले गोल गरेका थिए । लामो समय चोटबाट सताइएका कारण भोला अहिले टोलीमा छैनन् । व्यवसायिक फुटबल खेल्ने क्रममा जगजित अस्ट्रेलियामा छन् । उनलाई यसपटक बन्द प्रशिक्षणमा पनि डाकिएन ।

अब त्यति बेला गोल गर्ने मध्येका सुजलमात्र यसपटक टिमोर लिस्टेविरुद्ध पहिलो रोजाइमा पर्ने सम्भावना छ । सुजलले टिमोर लिस्टेविरुद्धको गोलको सिलसिलालाई यसपटक पनि निरन्तरता देलान? वा अरु खेलाडीको गोलमा नेपाल आजको खेलमा विजयी होला ? या नेपालले पाँच बर्षअघि खेलेको भन्दा टिमोर लिस्टे बलियो रुपमा प्रस्तुत होला ? आज साँझ नेपाली समयअनुसार सवा पाँच बजे खेल सुरु हुँदा नेपाली फुटबल प्रेमीको मनमा यस्तै यस्तै कौतुहता रहनेछ ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.