default_image

4 years ago

August 16, 2021

थ्री स्टार छाड्दै मनाङ फर्किए रुपेश

264 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डर रुपेश केसी रुस्लान थ्री स्टार क्लब छाड्दै मनाङ मर्स्याङ्दी क्लबमा फर्किएका छन् । राष्ट्रिय टोलीबाट पनि खेलिसकेका अनुभवी मिडफिल्डर रुपेशले चार वर्ष थ्री स्टार बसाई बिट मार्दै कीर्तिमानी आठ पटकको लिग च्याम्पियन मनाङ फर्किएका हुन् ।

क्लबले आधिकारिक रुपमा सार्वजनिक नगरेपनि रुपेशले सामाजिक सन्जाल फेसबुकमा यसअघि मनाङबाट खेल्दाको तस्विर पोस्ट गर्दै मनाङ फर्किएको संकेत दिएका छन् । उनले आसन्न ‘ए’ डिभिजन लिग र राष्ट्रिय लिगसम्मलाई मनाङसँग सम्झौता गरेका हुन् । ‘ए’ डिभिजन लिग २९ कात्तिकबाट सुरु हुने तालिका छ । राष्ट्रिय लिगको मिति तय भइसकेको छैन ।

रुपेशले पछिल्लो दुई सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिग थ्री स्टारबाट खेलेका थिए । उनले मोफसलको विभिन्न गोल्डकपमा थ्री स्टारको कप्तानी समेत गरेका छन् । मनाङले सन् २०१४ मा सातौं पटक ‘ए’ डिभिजन लिग जित्दा रुपेश टोलीका मुख्य सदस्य रहेका थिए । उनले लिगसँगै मोफसलका केही गोल्डकपमा मनाङको कप्तानी गरिसकेका छन् ।

एन्फा एकेडेमीका उत्पादन केसीले यसअघि हिमालयन शेर्पा क्लबबाट ‘ए’ डिभिजन लिग खेलिसकेका छन् । उनले गत जेठमा सम्पन्न नेपाल सुपर लिगमा धनगढी एफसीबाट खेलेका थिए । धनगढी दोस्रो हुन सफल भएको थियो । केसीले सन् २०१२ मा नेहरु कपबाट सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । त्यसयता उनले राष्ट्रिय टोलीमा नियमित रुपमा स्थान बनाउन सकेका छैनन् ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.