9 years ago
November 6, 2016
काठमाडौं(हाम्रो खेलकुद) – आयोजक नेपाल आर्मी क्लब प्रधान सेनापति चौथो अन्तर्राष्ट्रिय महिला फुटबलको सेमिफाइनल पुगेको छ । आर्मीले लगनखेलस्थित घरेलु मैदानमा भारत सिक्किमको टोलीलाई ४–० ले हरायो ।

नेपाली सेनाको महिला फुटबल टोली । फाइल तस्बिर
आइतबार आर्मीको जितमा दीपा अधिकारी, दीपा राई, शर्मिला थापा मगर र इन्दिरा राईले गोल गरे । दीपा अधिकारीले ३०औं मिनेटमा गोल गर्दै अग्रता दिलाएको खेलमा दीपा राईले ५२औं मिनेटमा गोल थपिन् । शर्मिलाले ५५ र इन्दिराले ७३औं मिनेटमा गोल गरे । दीपा राई उमन अफ दी म्याच चुनिइन् ।
आर्मीले सोमबार हुने सेमिफाइनलमा मध्यमाञ्चलको सामना गर्नेछ । अर्को सेमिफाइनल विभागिय टोली नेपाल पुलिस र एपिएफबीच हुनेछ । गत बर्ष फाइनलमा एपिएफले आर्मीलाई हराएको थियो ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]