default_image

9 years ago

November 8, 2016

भरत ब्रुनाईविरुद्ध पहिलो रोजाईमा पर्ने सम्भावना

114 views

0 Bookmark

कुचिङ (हाम्रो खेलकुद)–  नेपालले आज साँझ ब्रुनाईसँग एएफसी सोलिडारिटी कपको समूह चरणको अन्तिम खेलमा पहिलो खेलको टोलीमा ठूलो परिवर्तन गर्ने सम्भावना छैन । लिमोर लेस्टेसँगको खेलमा पहिलो रोजाइमा परेका मध्ये एकजना मात्र परिवर्तन हुनसक्छन् । लिमोर लेस्टेसँग गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफमा मैदान प्रवेश गरेका आर्मीका भरत खवासले आज पहिलो रोजाइमा पर्न सक्छन् । पहिलो खेलमा प्रभाव छोडेका कारण भारतले मौका पाउने सम्भावना बढेको हो । उनी सुरुआतमा परे अन्जन विष्टलाई बेन्चमा रहनेछन्, खेलको आवश्यकता अनुसार उनी दोस्रो हाफमा ओर्लन सक्छन् ।

2

नेपाल ४–४–२ को रणनीतिमा ओर्लने सम्भावना रहेकोले फरवार्ड लाइनमा भरतको जोडीका रुपमा नवयुग श्रेष्ठले निरन्तरता पाउनेछन् । पहिलो खेलमा प्रभाव छोड्न असफल रहेपनि पछिल्लो बर्षमा नवयुगले गरेको प्रदर्शनलाई नजरअन्दाज गर्ने पक्षमा सम्भवत नेपाली टोलीका जापानी प्रशिक्षक ग्याटुको कोजी हुने छैनन् । भरत फरवार्ड लाइनमा खेल्ने हुँदा विमल घर्तीमगर लेफ्ट विङ्समा खेल्ने छन् भने राइट विङ्सको जिम्मा सुजल श्रेष्ठको हुनेछ । विमलले पहिलो खेलमा विङ्सबाट पनि राम्रो खेलेका थिए । मिडफिल्डमा विक्रम लामा र फेरी एकपटक हेमन गुरुङले मौका पाउनेछन् । विशाल राई पूर्ण रुपमा फिट नभएकाले कोजी रिस्क लिने पक्षमा छैनन् । आवश्यकता अनुसार विशाललाई पनि कोजीले प्रयोग गर्न सक्नेछन् । रक्षापक्ति र गोलकिपरमा पनि पहिलो खेलकै यथावत रहनेछन् । किरण चेम्जोङले गोलपोस्ट सम्हाल्नेछन् भने कप्तान विराज महर्जनसहित रक्षापक्तिमा रविन श्रेष्ठ, अनन्त तामाङ र आदित्य चौधरी हुनेछन् ।
कोजीले मैदानको अवस्थाले प्रदर्शनमा प्रभाव पार्न सक्ने भन्दै रक्षात्मक प्रतिक्रिया दिएका छन् । ‘मुख्य त मैदानको अवस्थाले प्रदर्शनमा असर गर्न सक्छ । पहिलो खेलमा मैदान भिजेकोले हाम्रले अपेक्षा अनुसारको प्रदर्शन गर्न सकेका थिएनौं ’ सोमबार उनले भनेको थिए ‘तर पनि हामीले जस्तो सुकै परिस्थितिमा पनि खेल्नु पर्ने छ र सफल नतिजाका लागि प्रयास गर्नुपर्नेछ ।’ कोजीले मुख्यत स्कोरिङ र मिडफिल्डमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् । उनले पहिलो खेलमा नेपाली खेलाडी त्यसमै चुकेको स्वीकारेका थिए ।
उता पहिलो खेल जितेको ब्रुनाई सेमिफाइनल पुगिसकेकोले नेपाल भन्दा कम दबाबमा हुनेछ । पहिलो चरण पार गरिसकेकोले टोलीका कोरियाली प्रशिक्षक क्वान पहिलो रोजाइका खेलाडीलाई आराम दिने पक्षमा छन् । धेरै खेलाडीलाई गोलीगाँठाको समस्या रहेकाले उनीले खेलाडीलाई जोगाउन प्राथमिकता भएको बताएका छन् । यद्दपी, नेपाललाई कमजोर नआक्ने र सफल नतिजाका लागि प्रयत्न गर्ने बताएका छन् ।
नेपालले ब्रुनाईलाई हराउन सके समूह विजेताका रुपमा सेमिफाइनल पुग्ने छ । बराबरीमा रोकिएमा नेपाल समूहको उपविजेता बन्नेछ । ४ वा त्यो भन्दा कम गोलअन्तरले हरेको खण्डमा समेत नेपाल अघिल्लो चरण पुग्ने समिकरण छ । लिमोर लेस्टे पहिलो खेलमा ४–० को फराकिलो अन्तरले पराजित भएकाले त्यसको फाइदा नेपाललाई पुग्न सक्छ । ब्रुनाईसँग ५ गोलअन्तरले स्तब्ध भएमा नेपाल पहिलो चरणबाटै घर फर्कनु पर्नेछ ।

ब्रुनाईविरुद्ध सम्भावित नेपाली टोली
किरण चेम्जोङ (गोलकिपर), विराज महर्जन (कप्तान), रविन श्रेष्ठ, अनन्त तामाङ, आदित्य चौधरी, विमल घर्तीमगर, विक्रम लामा, हेमन गुरुङ, सुजल श्रेष्ठ, भरत खवास, नवयुग श्रेष्ठ

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.