10 years ago
September 13, 2015
भाद्र २७, काठमाडौं ।
पाटनको थ्री स्टार क्लबले राजेन्द्र तामाङलाई क्लबको नयाँ प्रशिक्षकको रुपमा नियुक्त गरेको छ । यसका साथै पुर्व प्रशिक्षक अन्जन के.सि क्लबको प्रशिक्षकको पद बाट मुक्त भएका छन ।
नयाँ प्रशिक्षक राजेन्द्र तामाङले आजबाट नै पद बहार गर्दै टोलीलाइ अभ्यास गराएक थिए । आज थ्री स्टार क्लबले एन्फा कोम्प्लेक्समा अभ्यास गरेको थियो । राष्ट्रिय लिग सुरु हुनु पूर्वको अभ्यासमा सम्पूर्ण खेलाडिहरु उपस्थित थिए । राष्ट्रिय लिग भोली बाट सुरु हुँदै छ ।
अन्जन के सि ले अघिल्लो लिग मा थ्री स्टार लाई तेस्रो स्थान दिलाउन सहयोग गरेका थिए ।व्यक्तिगत व्यस्तताका कारण अन्जन केसीले रुस्लान थ्रि स्टार क्लबसंगको आपसी समझदारीमा प्रशिक्षक पद छाडेका छन्|
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]