4 years ago
October 11, 2021
एजेन्सी – ब्राजिली स्टार नेयमारले अर्काे वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप आफ्नो अन्तिम विश्वकप हुने बताएका छन् । उनले अब आफुमा फुटबल खेल्न शारीरिक भन्दा पनि मानसिक क्षमता सायद नरहेको बताएका छन् ।

नेयमारले ब्राजिलका लागि दुईपटक विश्वकप खेलेपनि उपाधि जिताउन सकेका छैनन् । सन् २०१४ मा घरेलु भुमिमा आयोजना भएको विश्वकपमा ब्राजिल सेमिफाइनलमा जर्मनीसँग ७–१ को लज्जास्पद हार बेहोरेको थियो । नेयमारले क्वाटरफाइनलमा चोट बोक्दै लामो समय मैदान बाहिर रहेका थिए ।
२०१८ को विश्वकपमा पनि ब्राजिल बेल्जियमसँग २–१ ले पराजित हुदै क्वाटरफाइनलबाट बाहिरिएको थियो । विश्वकप आउन एक वर्ष बाँकी रहँदा २९ वर्षीय नेयमारले अमेरिका, क्यानडा र मेक्सिकोमा सन् २०२६ मा आयोजना हुने विश्वकप खेल्नेमा आशावादी छैनन् ।
‘मलाई लाग्छ कि यो मेरो अन्तिम विश्वकप हो,’ फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेयमारले डीएजेडएनसँगको अन्तर्वार्तामा भने, ‘यही विश्वकप मेरो अन्तिम विश्वकपको रुपमा देख्छु । किनकि मलाई थाहा छैन कि मसँग फुटबलसँग डिल गर्ने क्षमता छ कि छैन ।’
यसै कारण पनि आफ्नो सबैभन्दा ठुलो सपना (ब्राजिलबाट विश्वकप जित्ने) सपना पुरा गर्न आफु तयार रहेको बताएका छन् । सन् २०१४ को विश्वकप नै आफ्नो अन्तिम विश्वकप जस्तै लागेको थियो । तर मैले पूनरागमन गर्न सके । यो मेरो करियरको सबैभन्दा खराव क्षण मध्येको एक क्षण हो ।
‘यसले मेरो विश्वकपको सेमिफाइनल र फाइनल खेल्ने सपना टुटायो । त्यतिबेला मैलो मेरो खुट्टा सार्न सकिनँ,’ विशेष वृत्तचित्र, नेयमार एण्ड द लाइन अफ किंग्ससँग नेयमारले २०१४ को घटना सम्झँदै नेयमारले भने, ‘उनीहरुले मलाई अस्पताल लगे, मेरो जाँच गरे र डाक्टरले मलाई भने, दुई वटा खवर छ । एउटा राम्रो र एउटा नराम्रो । तपाई कुन चाहनुहुन्छ ? मैले भने मलाई नराम्रो दिनुहोस् । तपाई विश्वकपबाट बाहिर हुनुहुन्छ । रोएर मैले पुनः सोधे शुभ समाचार के हो ? यदि यो दुई सेन्टीमिटर छेउमा भएको भए, तपाई फेरि हिँड्न सक्नुहुन्न थियो ।’
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]