default_image

10 years ago

September 15, 2015

अख्तियार र मन्त्रीको जुहारी

222 views

0 Bookmark

काठमाडौं, भदौ २९
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सत्यतथ्य र प्रमाणमा आधारित भएर युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेललाई कारबाही गर्न प्रधानमन्त्री सुशिल कोइरालालाई अनुरोध गरेको जवाफ दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग

अख्तियार दुरुपयोग अनुसन्धान आयोग

मन्त्री पौडेलले आइतबार पत्रकार सम्मेलन गर्दौ अख्तियारको निर्णय पूर्वाग्रही भएको आरोप लगाएको भोली पल्ट अख्तियारले त्यसको जवाफ दिएको हो । मन्त्री पौडेलले पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तितर्फ ध्यानाकर्षण भएको उल्लेख गर्दै अख्तियारले सोमबार प्रेस विज्ञप्तीमार्फत भनेको छ, माननीय मन्त्रीज्यूको वक्तव्य वास्तविकता र तथ्यलाई बंग्याई आफूअनुकुल भाषा र कानुनको व्याख्या गरी आफूमाथि भएको कारबाहीप्रतिको तत्काल आक्रोशको अभिव्यक्ति दिइ एउटा स्वतन्त्र र निष्पक्ष संवैधानिक निकायलाई लाञ्छित गर्ने अभिप्रयाले प्रेरित रहेको स्पष्ट पारिन्छ ।
अख्तियारको सिफारिसको ओलोचना गर्ने क्रममा मन्त्री पौडलले निर्णय पुर्नविचार गर्न आग्रह गर्दै अन्यथा आफू अदालत जाने सक्ने संकेत गरेका थिए ।
असार १० गते केशवकुमार विष्टलाई राखेप सदस्य सचिव नियुक्त गर्दा कानुनी र नैतिक रुपमा ठिक नभएको भन्दै अख्तियाररले शुक्रबार मन्त्री पौडेललाई कारबाही गर्न प्रधानमन्त्री कोइरालालाई पत्रचार गरेको थियो ।
मन्त्री पौडेलको भनाईको खण्डन गर्दै अख्तियारलले विष्टलाई मन्त्री अध्यक्ष रहेको कार्यसम्पादन तथा व्यवस्थापन समितिको बैठकले इन्चोन एसियाडमा खेलाडी भगाएको भन्दै विष्ट लगायतका पदाधिकारीलाई कारबाही गर्ने सिफारिस गरेअनुसार राखेप र मन्त्रालयले कारबाही गरेको हो । कारबाहीमा परेको संघ वा त्यसका पदाधिकारीलाई खेलकुद गतिविधि सञ्चालन गर्न र कुनै सरकारी सुविधा प्रयोग गर्न पाउने छैनन् भन्ने व्यवस्था राखेपको ऐनमा प्रस्ट भएअनुसार विष्टलाई सदस्य सचिव बनाउनु कानुनी र नैतिक रुपमा गलत देखिएको अख्तियारले निष्कर्ष निकालेको थियो । विष्ट इन्चोन एसियाडमा सेपाताक्रोको व्यवस्थापकका रुपमा सहभागि भएका थिए । सेपाकताक्रोका खेलाडी अमन पोडे कोरियामै लुकेपछि विष्ट विवादमा तानिएका हुन् ।
अख्तियारले त्यस्तो दाबी गरिरहँदा मन्त्री पौडेल र सदस्य सचिव विष्टले त्यति बेलाको कुनै पनि निर्णय कार्यान्वयन नभएको जीकिर गरेका थिए । विष्टले आफुलाई कुनै पनि कारवाही भएको प्रमाणित गरे पदबाट राजीनामा दिने सोही पत्रकार सम्मेलनमा बताएका थिए । मन्त्री पौडेलले राखेपको ऐनको अधिनमा बसी निर्णय गरेको दाबी गरेका थिए ।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.