default_image

3 months ago

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

4984 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ।

मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ।

बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी अर्को कुनै मन्त्रीलाई नै दिनेगरि तयारी भएको बताइएको छ।

स्रोतका अनुसार अधिवक्ता ओम प्रकाश अर्याल, पूर्व रथी बालानन्द शर्मा र नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङ मन्त्री मण्डलमा रहने पक्का भइसकेको छ। तर उनीहरूको कार्यविभाजन भने अझै टुंगो लागेको छैन।

जेनजी समूहले भदौ २३ र २४ गतेको देशव्यापी आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए ।

त्यसपछि पूर्व प्रधानन्यायाधीश कार्कीलाई गत शुक्रवार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरिएको थियो। पदभार सम्हालेलगत्तै उनले मन्त्रिपरिषद् विस्तारलाई प्राथमिकता दिएकी छिन्।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 13, 2025

देशले काँचुली फेर्यो, अब पालो खेलकुदको

ब्लग सुबास हुमागाईं, काठमाडौं नेपालको राजनीतिक जगत पछिल्लो झन्डै एक साता मानौं आँधीबेहरीबाट गुज्रियो। जेन–जी पुस्ता ( सन् १९९७-२०१२ को बिचमा जन्मेका) ले सुरु गरेको भ्रष्टाचारविरोधी आन्दोलनले देशलाई संक्रमणकालीन अवस्थाबाट अन्तरिम सरकारतर्फ धकेल्यो । यसैको परिणामस्वरूप, शुक्रवार राति नेपालले पहिलो महिला प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीलाई पाएको छ । यो केवल राजनीतिक घटनाक्रम मात्र होइन, सामाजिक […]

Success

Thank you for your time.