default_image

3 months ago

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

536 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ।

अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा दर्ता भएको जनाएको छ।

‘ लोकप्रिय र पदकको सम्भावना भएको खेलका खेलाडीहरु खेल्न बाट बन्चित नहोस् भन्ने उद्देश्यले सहभागिताका लागि संघलाई पुनः पत्राचार गरिएको जसमा तेक्वान्दो र फुटबल ले सहभागीताका लागि खेलाडीहरुको सख्या र इभेण्ट सहित पठाइएको पत्रको आधारमा आयोजक कमिटीलाई सो २ खेल थपका लागि अनुरोध गरिएको छ, एनओसीका महासचिव राजीव श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

खेलाडी संख्या दर्ता गर्न आज (सेप्टेम्बर १६) अन्तिम मिति तय थियो। यसअघि एनओसीले ३० खेल दर्ता गराएको थियो। त्यति बेला फुटबल र तेक्वान्दोको दर्ता प्रक्रियामा सामेल भएनन् ।

खेल दर्ताको अनुरोध सहित तेक्वान्दो र फुटबलको खेलाडी संख्या ओलम्पिक काउन्सिल अफ‌ एसिया (ओसिए) मा पठाइएको बताइएको छ । फुटबलको महिला र पुरुष दुवै टोलीको खेलाडी संख्या दर्ताको लागि पठाइएको छ।

यसअघि दर्ता भएका ३० खेल मध्ये एथलेटिक्सले खेलाडी संख्या नपठाएपछि महिला र पुरूषको म्याराथनका लागि १/१ खेलाडी मात्र एनओसी आफैले राखेर पठाएको जनाइएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) र युवा तथा खेलकुद मन्त्रालयसँग खेलाडी संख्या माग गरेपनि जवाफ नपाएको एनओसीले बताएको छ ।

त्यसका बाबजुद नेपाली खेलाडीको एसियाली खेलकुदमा सहभागिता सुनिश्चित गर्न संघले पठाएको संख्याको आधारमा ओसिएमा खेलाडीको‌ पहिलो लामो सूची पठाइएको विज्ञप्तिमा उल्लेख छ।

सामान्यतया राज्यले नै सहभागिताका‌ लागि खेल र खेलाडी संख्या तोक्नु पर्ने हो। खेलकुद मन्त्रालयले धुब्र बहादुर प्रधानको संयोजकत्वमा रहेको एनओसी तदर्थ समितिलाई मान्यता दिएको छ ।

तर त्यो तदर्थ समितिलाई‌ अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र ओसिएको मान्यता छैन। राखेपले अवैध ठहर गरेको श्रेष्ठ नेतृत्वको एनओसीलाई आइओसी र ओसिएको मान्यता छ ।

त्यसैले सोही एनओसीले खेलाडीको लङ लिस्ट (लामो सूची) दर्ता गराएको हो। यसअघि असार १६ गते एनओसीले सम्बन्धित खेल संघको पत्राचारका‌ आधारमा ३० खेलको ओसिएमा दर्ता गराएको थियो ।

१९ औं‌ एसियाडमा नेपालका लागि करातेकी एरिका गुरुङले रजत र महिला कबड्डी टोलीले कास्य पदक जितेको थियो।

नेपालबाट २० औं एसियाडका खेलाडी दर्ता भएका खेल

एथलेटिक्स, आर्चरी, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, ब्रेकिङ एण्ड डान्स स्पोर्टस, बेसबल एण्ड सफ्टबल, राफ्टिङ एण्ड कनोइङ, कुराँस, क्रिकेट, साइक्लिङ, इ-स्पोर्टस, गल्फ, हकी, जुडो, कबड्डी, कराते, मोडर्न पेन्टाथलन, रग्बी, स्केटिङ, स्पोर्टस क्लाइम्बिङ्ग, स्कावस, सफ्ट टेनिस, पौडी, टेनिस, टेबल टेनिस, भलिबल, भारतोलन, कुस्ती, उसु

पछि थप्न अनुरोध गरिएका खेल
फुटबल र तेक्वान्दो

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

September 13, 2025

देशले काँचुली फेर्यो, अब पालो खेलकुदको

ब्लग सुबास हुमागाईं, काठमाडौं नेपालको राजनीतिक जगत पछिल्लो झन्डै एक साता मानौं आँधीबेहरीबाट गुज्रियो। जेन–जी पुस्ता ( सन् १९९७-२०१२ को बिचमा जन्मेका) ले सुरु गरेको भ्रष्टाचारविरोधी आन्दोलनले देशलाई संक्रमणकालीन अवस्थाबाट अन्तरिम सरकारतर्फ धकेल्यो । यसैको परिणामस्वरूप, शुक्रवार राति नेपालले पहिलो महिला प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीलाई पाएको छ । यो केवल राजनीतिक घटनाक्रम मात्र होइन, सामाजिक […]

Success

Thank you for your time.