9 years ago
December 21, 2016
शिवरामको ३१ औं गल्फ उपाधि
काठमाडौं (हाम्रो खेलकुद)– नेपालका नम्बर एक गल्फर शिवराम श्रेष्ठले बुधबार सूर्य नेपाल इस्टर्न ओपन गल्फ उपाधि जितेका छन् । धरानस्थित निर्भाना कन्ट्री क्लब हेल्थ एन्ड गल्फ रिसोर्टको पार ७० अन्तिम दिन २ अन्डरको प्रदर्शन गरेका शिवरामले समग्रमा ४ अन्डर २ सय ६ को कार्ड बनाउँदै उपाधि जितेका हुन् । खेल जीवनमा शिवरामको त्यो ३१ औं उपाधि हो ।

उपाधि जित्ने क्रममा उनले दोस्रो स्थानका रवि खड्कालाई ७ स्ट्रोकले पछि पारेका थिए । अन्तिम दिन इभन पार ७० को कार्ड बनाएका रविले ३ ओभर २ सय १३ को प्रदर्शन गरे । सञ्जय लामाले तेस्रो स्थानमा इस्टर्न ओपनको यात्रा अन्त्य गरे । तेस्रो तथा अन्तिम दिन ४ ओभर ७४ को कार्ड बनाएका उनले समग्रमा ६ ओभर २ सय १६ को प्रदर्शन गरे ।
१ अन्डर ६९ को कार्ड बनाउँदै ३ ओभर २ सय १३ को प्रदर्शनका साथ इस्टर्न ओपनमा संयुक्त रुपमा दोस्रो भएका स्थानिय एमेच्योर खेलाडी शुक्रकुमार राईले एमेच्योरतर्फको उपाधि जिते । स्थानिय शिवकुमार माझी एमेच्योरमा दोस्रो भए । उनले ७ ओभर २ सय १७ को कार्ड बनाएका थिए । अन्तिम दिन उनले ३ ओभर ७३ को प्रदर्शन गरे ।
६ लाख रुपैयाँ पुरस्कार रहेको इस्टर्न ओपनका विजेता शिवरामले १ लाख १० हजार, दोस्रो भएका रविले ७० हजार र सञ्जयले ५० हजार रुपैयाँ प्राप्त गरे । त्यस्तै स्थानिय व्यवसायिक खेलाडी बलभद्र (मणी) राईले चौथो स्थानमा प्रतियोगिताको अन्त्य गरे । ८ ओभर २ सय १८ को प्रदर्शन गरेका उनले ४० हजार रुपैयाँ पाए ।
साविक विजेता भुवन कार्की र धनबहादुर थापा ९ ओभर २ सय १९ को कार्ड बनाउँदै संयुक्त रुपमा दोस्रो भए । अन्तिम दिन समान ६ ओभर ७६ को प्रदर्शन गरेका उनीहरुले जनही ३२ हजार ५ सय हात पारे । रामे मगर र रवि पाख्रिन संयुक्त रुपमा सातौं स्थानमा रहे । अन्तिम दिन ३ ओभर ७३ को कार्ड बनाएका उनीहरुले समग्रमा १२ ओभर २ सय २२ को प्रदर्शन गरे ।
रामे र सविले समान २६ हजार प्राप्त गरे । २ ओभर ७२ को कार्ड बनाउँदै समग्रमा १३ ओभर २ सय २३ को प्रदर्शन गरेका दीपक मगरले नवौं स्थान प्राप्त गरे । सविन सापकोटाले १६ ओभर २ सय २६ को प्रदर्शन गर्दै दसौं स्थान प्राप्त गरे र २१ हजार रुपैयाँ हात पारे ।
सूर्य नेपाल प्रा लिगका असिस्टेन्ट मेनेजर सौरभ भट्टराई, नेपाल गल्फ संघका सदस्य मानबहादुर लिम्बुले विजेता खेलाडीलाई पुरस्कृत गरे । सूर्य नेपाल प्रालिको प्रायोजन र नेपाल प्रोफेसनल गल्फर एसोसिएसन (एनपिजिए) को आयोजनमा भएको थियो । १३ व्यवसायिक र ३६ एमेच्योरको सहभागितामा प्रो एम बिहीबार सुरु हुने एनपिजिएले जनाएको छ ।
September 19, 2025
नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]
September 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]